default_image

2 years ago

December 4, 2022

च्याम्पियन्स मार्सल आर्टस् का ५ खेलाडीले जिते स्वर्ण पदक

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा भएको सातौं केएल मेयर कपमा नेपालको च्याम्पियन्स मार्सल आर्टस् का खेलाडीले ५ स्वर्णसहित ११ पदक जितेको छन् । च्याम्पियन्सका ५ खेलाडीले स्वर्ण, ३ खेलाडीले रजत र ३ खेलाडीले कास्य पदक जितेका छन् ।


आइतबार सम्पन्न प्रतियोगितामा विजय श्रेष्ठले पुरुष सिनियर ६० केजी, अनिल बरामले पुरुष जुनियर ६८ केजी, निमा तामाङले महिला जुनियर ५३ केजी, अयुष्मा बलामीले महिला जुनियर ५९ केजीमा र डायना ओझाले महिला सिनियर ६८ केजीमा स्वर्ण पदक जितेको च्याम्पियन्स मार्सल आर्टसले जनाएको छ ।

त्यस्तै यामबहादुर सलामले पुरुष सिनियर ५५ केजीमा, मिस्ली श्रेष्ठले महिला सिनियर ५० केजी र युनिका मगरले महिला सिनियर कातामा रजत पदक जितेकी छिन् । पुरुष सिनियर ६० केजीमा सुविन खत्रीले, पुरुष सिनियर ८४ केजीमा आशिष धामीले र पुरुष सिनियर कातामा मनिष सोनकरले कास्य पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन्स मार्सल आर्टसका १५ खेलाडीसहित २१ जनाको सहभागिता रहेको थियो ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

March 1, 2025

मच्छिन्द्र केपी ओली कपको‌ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो । मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ […]

Success

Thank you for your time.