2 years ago
November 7, 2022
धनगढी (हाम्रो खेलकुद)– तपाईहरु को को तेक्वान्दो खेल्न चाहानुहुन्छ ? कक्षा ८ मुनिका एक हुल विधार्थीका अघि सोमबार कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दीपक विष्टले प्रश्न गर्दा झण्डै आधा बढी विधार्थीको हात उठ्यो । धनगढी हसनपुरस्थित ब्राइट वे पब्लिक स्कुलमा तेक्वान्दो डोजाङका उद्घाटनमा पुगेका थिए दीपक ।
दक्षिण एसियाली खेलकुद(साग)मा आठौं देखि ११ औं सागसम्म लगातार चार स्वर्णपदक जित्दै कीर्तिमान रचेका दीपक साना विधार्थीहरुसँग आफ्नो सुरुवात सम्झेर नोस्टाल्जिक बने । ‘म पनि कञ्चनपुरमा जन्मेको । तेक्वान्दो खेल्न धनगढी आए,’ दीपकले एकै श्वासमा आफ्नो खेल जीवन सम्झिए, ‘तेक्वान्दो खेल्दाखेल्दै काठमाडौं गए । नेशनल गेम खेले, ओलम्पिक खेले, साग खेले, एसियन गेम्स खेले र आज दीपक विष्ट बनेर तपाईहरुको अगाडि आएको छु ।’
दीपकले सागमा लगातार चार स्वर्ण जितेर मात्र सनसनी मच्चाएका होइनन्, एसियाडमा दुई पटक कास्य पदक जिते । उनले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पनि सहभागिता जनाए । त्यो पनि छनोट चरण पार गरेर । उनी अघि ओलम्पिकमा छनोट चरण पार गर्ने एक मात्र खेलाडी संगिना वैद्य हुन् । एसियन च्याम्पियन तथा सागमा दुई स्वर्ण पदक जितेकी संगिना पनि तेक्वान्दो खेलाडी हुन् । सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपकले नेपालको प्रतिनिधत्व गरेका थिए ।
दीपकले विधार्थीलाई अर्को प्रश्न सोधिहाले कसका लागि जिते?
विधार्थीले एकै स्वरमा भने, ‘देशका लागि’ । ‘त्यसपछि सुदूरपश्चिम, आफ्नो ठाउँ, आफ्नो स्कुलका लागि जिते’ दीपक जन्मथलोप्रति कृतज्ञ देखिए । खेलाडी हुँदै प्रशिक्षक बनिसकेका दीपक एक समय नेपाल तेक्वान्दो संघका केन्द्रीय सचिव समेत थिए । पछि राष्ट्रिय प्रशिक्षकहरु खेल संघमा बस्न नपाउने नियमपछि उनले खेल प्रशासन छोड्नुपर्यो । तरपनि तेक्वान्दोको विकासका लागि उनी पूर्व देखि पश्चिमसम्म निरन्तर सक्रिय भएर लागेका छन् ।
जन्मथलोमा तेक्वादो खेल विकासमा झनै उनको योगदान विशेष छ । काम विशेषले धनगढी आएका उनी सोमबार दिनभर तेक्वान्दोकै कार्यक्रममा व्यस्त रहे । बिहान सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीलगायत पदाधिकारीहरुसँग भेटघाट गर्दै यहाँको तेक्वान्दो विकासबारे घोत्लिएका विष्ट, दिउँसो तेक्वान्दो डोजाङको उद्घाटनमा पुगेका थिए ।
आधाबढी कलिला नानीबाबुहरुले तेक्वान्दो खेलाडी बन्ने भन्दै उनको प्रश्नमा हात उठाएपछि प्रफुल्लित भएका दीपकले आफू खेल्दाको समय स्मरण गरे । ‘सानो छँदा मलाई खेल्न मन लाग्थ्यो तर खेल्ने ठाउँ थिएन् । गुरु थिएन । हौसला दिने कोही थिएन । हामी भागीभागी चोरीचोरी खेल्छौं । एकघण्टा साइकल चढेर खेल्न आउँथ्यौं,’ उनले सम्झिए, ‘ आज स्कुलमा तेक्वान्दोको डोजाङ नै उद्घाटन भएको छ । तपाईहरुको आगनमा अवसर छ । अब मेरो इतिहासलाई ब्राइट वे तेक्वान्दो डोजाङको खेलाडीहरुले तोड्नुपर्छ ।’
दीपकले खेलले अनुशासन, समर्पण सिकाउने भएकाले सबैले खेलमा भाग लिनुपर्ने सुझाव दिए । तेक्वान्दोले आत्मसुरक्षा गर्न, आत्मविश्वास बढाउँन तथा स्वस्थ्य हुन सहयोग पुर्याउँने उनले बताए । इन्टरनेसनल स्कुल अवार्ड प्राप्त धनगढीको ब्राइटे स्कुलका प्रिन्सिपल कुवेरजित साउँदले विधार्थीहरुलाई स्वस्थ बनाउँनका लागि पनि खेलकुद आवश्यक रहेकाले विद्यालयमै डोजो स्थापना गरिएको बताए ।
‘स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने सरकारको नीति नै छ । पढाईका लागि खेलकुद अनिवार्य हो,’ साउँदले भने, ‘खेलकुदले बालबालिकाहरुको शरिरिक र मानसिक वृद्धिविकासमा सहयोग पुर्याउँछ । स्वस्थ मनस्थितिले मात्रै पढाईमा अब्बल बनिन्छ । पढाईलाई पनि सपोर्ट हुन्छ ।’
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]