3 years ago
August 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मार्सल आर्ट खेलाडी प्राप्ती बतासले यसै महिनाको सुरुवातमा मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वल्र्ड युथ गेम्समा रजतसहित २ पदक जितेकी छन् ।
मलेसियामा साउन २४ देखि भदौ ४ गते सम्म भएको युथ गेम्समा प्राप्तीले आइएफएमए १२ देखि १५ वर्षको ५१ केजी तौल समूहमा रजत र १४ देखि १५ वर्षको ५१ केजीमा कास्य पदक जितेकी हुन् । उनले मलेसिया, टर्की, रसिया र चीनका खेलाडीसँग प्रतिस्पर्धा गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा उनका प्रशिक्षक राहुल मोक्तानले दिएका छन् ।
प्राप्तीले काठमाडौं महाराजगञ्जस्थित जिमखाना मुवा थाईमा प्रतिशक्षण गर्दै आएकी छन् । वल्र्ड युथ गेम्समा नेपालबाट उनले मात्र सहभागिता जनाएकी थिइन् । यू १६ को राष्ट्रिय च्याम्पियन समेत रहेकी प्राप्तीले आफ्नो बुवाका कारण खेलकुदमा लाग्न प्रेरणा मिलेको बताइकी थिइन् ।
‘मेरो बुवाले मलाई सधै साथ दिनुहुन्छ । मार्सल आर्ट खेल्नलाई उहाँले नै प्रेरित गर्नुभएको हो,’ उनले भनिन्, अहिलेको सफलताबाट खुसी लागेको छ । तर म यसमा सन्तुष्ट छैन । भविष्यमा स्वर्ण पदक जित्ने गरि खेल्नेछु ।’ टर्कीमा मंसिर ७ देखि ११ गते सम्म हुने आईएफएमए आन्टालिया कपमा नेपालको प्रतिनिधित्व गर्ने सम्भावना रहेको बताइएको छ ।
प्राप्तीका प्रशिक्षक मुवा थाईलाई अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) मा अन्तर्राष्ट्रिय खेलकुद महासंघका रुपमा आबद्ध रहेको छ । ग्रिष्मकालिन वा शीतकालिन ओलम्पिकमा समावेश नभएका यस्ता थ्रुपै खेललाई आइओसीले आबद्धता दिने गरेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]