3 years ago
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ ।
शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् ।
उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भयतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेकी हुन् ।
दोस्रो स्थानमा रहेकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पारेका इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अंक ल्याएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जितिन् । उनको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरेकी थिइन् । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अंक ल्याउँदै कांस्य पदक जितेका थिए ।
यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जिते । उनीहरुमध्ये मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते । खानले ७.४९ अंक ल्याएका थिए । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अंक ल्याएका थिए ।
यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए । फाइनलमा रोशनले ५.०७ अंक ल्याउँदै रजत पदक पक्का गरेका हुन् । ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अंक जोडेका इन्डोनेसिया र ५.०३ अंक ल्याएका मलेसियाका खेलाडीले कांस्य पदक जिते ।
च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए । मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]