default_image

3 years ago

August 12, 2022

च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको उद्घाटन

616 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विदेशमा रहँदै आएका नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा स्थापना भएको च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको औपचारिक सुरुवात भएको छ ।

काठमाडौं महानगरपालिका १६ को खरिबोटमा साढे २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको छ । झण्डै तीन वर्षदेखि नै एकेडेमी स्थापना भएपनि काठमाडौंमा सुरुवात भएको छ। एकेडेमीको ओलम्पियन जीतबहादुर केसी, संगिना वैद्य, दीपक विष्ट, देवु थापा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

एकेडेमीले सोही अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, स्वर्ण विजेता संगीता बस्याल, १३ औं सागकी रजत पदक विजेता अप्सरा कार्की, सन् २०१६ की रियो ओलम्पिककी सातौं वरियताकी निशा रावल, सागमा करातेका कास्य विजेता मुकुन्द महर्जन, दिगम्बर प्रसाद पन्त, जुडोका कास्य विजेता श्रीराम माकाजु, उसुकका रजत विजेता विश्व बुढामगर, मिना ग्लानलाई सम्मान गरेको हो। एकेडेमी आफ्नो इमर्जिङ खेलाडीलाई पनि सम्मान गरेको थियो ।

हाल अमेरिकामा बस्दै आएका ११ औं सागका स्वर्ण पदक विजेता करातेका सुनिल लामा, फ्रान्समा बस्दै आएका सुनिल लामा, फ्रान्स बन्दै आएका दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण पदक विजेता सरोज महर्जन, अमेरिका बस्दै आएका तेक्वान्दोका राष्ट्रिय खेलाडी पुष्प थापामगर, अस्ट्रेलिया बस्दै आएका ११ औं सागका उसुका पदक विजेता राजु महर्जन र मकाउ बस्दै आएका एम्बेस्डर कपका स्वर्ण पदक विजेता सुजन जोशी तथा अमित लामा, सन्जय लामा, नरेन्द्र मर्हजनको पहलमा एकडेमीको स्थापना गरिएको बताइएको छ ।

एकेडेमीकी निर्देशक सुशीला लामाका अनुसार एकेडेमी निमार्णका लागि करिब २ करोड रुपैयाँमा लगानी भइसकेको छ । एकेडेमीमा बिहान र साँझ गरेर झण्डै ९० जनाले प्रशिक्षण लिएका छन् । एकेडेमीमा करातेका प्रशिक्षकमा श्याम सुनुवार तथा तेक्वान्दोको प्रशिक्षकमा तेक्वान्दो लालबहादुर बराम र युगेन एकेडेमीले प्रशिक्षण दिँदै आएका छन् ।

स्थानीयस्तरमा मार्सल आर्टस् खेलाडी तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको एकेडेमीकी निर्देशक लामाले बताइन् । एकेडेमीले आगामी दिनमा जुडो, बक्सिङ र उसुको प्रशिक्षण दिने पनि योजना बनाएको छ। यस्तै एकेडेमीमा फिटनेस र जुम्बा सेन्टर पनि योजना रहेको जनाएको छ ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.