3 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहमा च्याम्पियन बनेका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै नवीनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा नवीनले बागमती निमा शेर्पालाई ८–० ले नकआउट गरे । लुम्बिनीका स्वदेश बुढामगर मेडिकल्ली डिस्क्वालिफाइड भएपनि एपिएफका सुवास अन्तिम दुईमा प्रवेश गरेका थिए ।
दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा स्वर्ण जितेका नवीनले पहिलो खेलमा प्रदेश १ का रोहित बास्कोटालाई ६–४ ले, क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबका अर्जुनकुमार बागचन्दलाई १० –२ ले नकआउट गरेका थिए । त्यस्तै क्वार्टरफाइनलमा गण्डकीका विधान थापामगरलाई हराएका थिए ।
अन्तिम दिन महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३ –३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
अहिले सम्म १७ मध्ये १६ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमा पुलिसले सर्वाधिक ७, आर्मी ४, एपिएफले ३ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।
प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८
महिल एकल काता
प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी
द्वितीय – संगिता मगर,नेपाली सेना
तृतीय – सरिता श्रेष्ठ,एपिएफ
तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १
महिला टिम काता
प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ
द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल
तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई
तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा
४५ के जी. महिला कुमुते
प्रथम – कुसुम खड्का,नेपाली सेना
द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश
तृतीय – दिपा लामा,एपिएफ
तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश
५० के. जी. महिला कुमुते
प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना
द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश
तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश
तृतीय – एलिना विक, एपिएफ
५५ केजी महिला कुमुते
प्रथम – सोनी राई,नेपाल पुलिस
द्वितीय – विद्या कला राई, प्रदेश १
तृतीय – गिता विक., लुम्बिनी प्रदेश
तृतीय – मनिषा चौधरी, एपिएफ
६१ केजी महिला कुमुते
प्रथम – शान्ता श्रेष्ठ, आर्मी
द्वितिय – एस्तर राई, एपिएफ
तृतिय – सविना मगर,मधेश प्रेदश
तृतिय – रमिता माझी, बागमती
–६८ केजी महिला कुमुते
प्रथम – निरुपा तामाङ, नेपाली सेना
द्वितीय –दायना ओझा,एपिएफ
तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी
तृतीय – श्रद्दा थापा,बागमती प्रदेश
+६८ के जी महिला कुमुते
प्रथम –अनुपमा मगर,एपिएफ
द्वितीय – सनि तामाङ ,नेपाली सेना
तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश
तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी
पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी
द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ
तृतीय – प्रविण मानन्धर,नेपाली सेना
तृतीय – रोहित राई, प्रदेश नं. १
पुरुष टिम काता
प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह
द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु
तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ
तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर
६० के.जी पुरुष कुमुते
प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश
द्वितीय– रोशन भट,सुदूरपश्चिम
तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश
तृतीय – सरोज पासवान,मधेश प्रदेश
६७ केजी पुरुष कुमुते
प्रथम – नवीन रसाइली, नेपाल प्रहरी
द्वितिय – सुवास घतानी, एपिएफ
तृतिय – स्वदेश बुढामगर, लुम्बिनी
तृतिय – निमा शेर्पा, बागमती
७५ के.जी पुरुष कुमुते
प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी
द्वितीय– रोशन बलामी, बागमती प्रदेश
तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश
तृतीय – मोहम्मद सेख आलम,एपिएफ
– ८४ के.जी. पुरुष कुमुते
प्रथम – राजन खड्का,प्रदेश नं १
द्वितीय– सुरेश जप्रेल,नेपाली सेना
तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी
तृतीय – प्रकाश खड्का,एपिएफ
+८४ के. जी. पुरुष कुमुते
प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी
द्वितीय – आशिष थापा,बागमती प्रदेश
तृतीय – सागर राउत,प्रदेश नं. १
तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले सागका […]