3 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले मधेश प्रदेशकी सविना मगरलाई ३–२ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । इस्तर र शान्ता दुवै अन्तिम १६ बाट अघि बढेका थिए ।
एस्तरले पहिलो खेलमा सुदूरपश्चिमकी सिता एसकेलाई ८–० ले र क्वार्टरफाइनलमा लुम्बिनी प्रदेशकी रविता घर्तिलाई ९–१ ले हराएकी थिइन् । त्यस्तै पहिलो खेलमा प्रदेश १ की सिम्रन मगरलाई ९–३ ले हराएकी शान्ताले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबकी सम्झना पौडेललाई ८–२ ले हराएकी थिइन् । उक्त समूहमा रमिता र सविनाले कास्य पदक जितेका छन् ।
शनिबारको पहिलो खेलमा एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । अहिले सम्म १७ मध्ये १४ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमा पुलिसले सर्वाधिक ६, आर्मी र एपिएफले समान ३ तथा प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।
महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]