default_image

3 years ago

April 8, 2022

गंगारामको जित, पुलिसको ५ स्वर्ण पुग्यो

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता गंगाराम कुसुवाले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार गंगाराम बागमती प्रदेशका रोशन बलामीलाई १२–४ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् । दुई वर्ष अघि १३ औं सागको ७५ केजीमा रजत जितेका गंगारामले शुक्रबार पहिलो खेलमा प्रदेश १ का नविन राईलाई १३–५, गण्डकीका विशाल थापामगरलाई १४–६ ले र सेमिफाइनलमा एपिएफका मोहम्मद शेख आलमलाई ९–१ ले हराएका थिए । सबै चार खेलमा गंगारामले विपक्षीलाई नकआउट गरेका थिए ।

जारी प्रतियोगितामा पुलिसको यो पाँचौं स्वर्ण पदक हो । शुक्रबार नै ७८ केजी माथिको तौल समूहमा बिप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका थिए । पुलिसले पहिलो दिन ३ स्वर्ण पदक जितेको थियो । रजत पदक जितेका रोशनले मधेश प्रदेशका उद्धव भारती, त्रिभुवन आर्मीका निकेश मानन्धरलाई ९–३ र सेमिफाइनलमा लुम्बिनी प्रदेशका कृष्ण विष्टलाई १८–८ ले नकआउट गरेका थिए ।

१७ मध्ये अहिले सम्म ९ स्वर्ण पदकको टुंगो लाग्दा पुलिसले ५, त्रिभुवन आर्मी क्लबले २ तथा एपिएफ र प्रदेश १ ले समान १ स्वर्ण पदक जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् ।

March 19, 2025

कराते महासंघको‌ नेतृत्वसँग असन्तुष्टि जनाउँदै विप्लभले लिए सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर  विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

Success

Thank you for your time.