3 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का प्रथम कृष्णप्रसदा भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ४५ केजीमा च्याम्पियन बनेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगितामा आर्मीका लागि यो पहिलो स्वर्ण पदक हो ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ४५ केजीको फाइनलमा कुसुमले मधेश प्रदेशकी प्रोसिया चौधरीलाई पराजित गरेकी थिइन् । फाइनलमा कुसुमले प्रोसियालाई १०–५ ले हराएकी थिइन् । प्रोसियाले रजत तथा एपिएफकी दीपा लामा र सुदूरपश्चिम प्रदेशकी निशा थापाले कास्य पदक जिते । दुई वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा स्वर्ण जितेकी कुसुमले शुक्रबार क्वार्टरफाइनलमा गण्डकीकी उशा शर्मालाई ९–१ ले र सेमिफाइनलमा निशालाई १०–१ ले हराएकी थिइन् ।
पहिलो दिन ५ स्वर्ण पदकको छिनोफानो भएको थियो । जसमा पुलिसले ३ स्वर्ण, एपिएफ र प्रदेश १ ले समान १ स्वर्ण पदक जितेका थिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।