default_image

3 years ago

April 7, 2022

सागका स्वर्णधारी महसुस एकल काता च्याम्पियन

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका महसुस मोक्तान प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन महसुस च्याम्पियन बनेका हुन् । महसुस दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक विजेता हुन् ।

एपिएफ क्लबका स्वर्णिम महर्जनले रजत पदक जिते । फाइनलमा महसुसले २४.८ अंक र स्वर्णिमले २३.४ अंक जोडेका थिए । त्रिभुवन आर्मी क्लबका प्रविण मानन्धर र प्रदेश १ का रोहित राईले कास्य पदक जिते । प्रविण पनि १३ औं सागका टिम काताका स्वर्ण पदक विजेता हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

January 3, 2025

तेक्वान्दो लिग – शुभम र सोनाम विजयी

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]

January 3, 2025

उसुका लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले  सागका […]

Success

Thank you for your time.