3 years ago
March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– करातेका पूर्व खेलाडी विनोद महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । बागमति खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले महर्जनलाई शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका थिए ।
महर्जनले आइतबार पदभार ग्रहण गर्ने जानकारी दिए । महर्जन ललिपुर जिल्ल प्रमुख डोजोका महासचिव पनि हुन् । यसै महिना पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतीमा आयोजना हुने राष्ट्रिय कराते प्रतियोगिता आयोजक समितिका महर्जन संह संयोजक हुन् । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटो करातेहलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने जानकारी दिएको छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहमागिता रहने जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरि महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]