3 years ago
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले ओलम्प्यिनद्वय संगिना वैद्य र दीपक विष्टलाई छनोट भएर ओलम्पिकमा पुगेको उपलब्धिका कारण नभई ओलम्पिक खेलेकाले पकेट खर्च उपलब्ध गराएको विवादास्पद अभिव्यक्ति दिएका छन् ।
संघले पुस २२ गते संगिना र दीपकलाई पठाएको पत्रमा ओलम्पिक खेलका लागि छनोट राष्ट्रिय खेलाडीहरुलाई पकेट खर्चको रुपमा मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको स्मरण गराएको छ । ‘यो उनीहरुलाई पुरस्कारका रुपमा दिएको होइन । ओलम्पिक छनोट भएर होइन । ओलम्पिक खेलेका कारण पकेट खर्च दिइएको हो । उनीहरुले खेलाडी जीवन छाडिसके,’ अध्यक्ष राणाले भने,‘ अब त्यो रकम अन्य ओलम्पियन दिनेछौं ।’
संगिना र दीपकले खेल्न छाडेको दश वर्षभन्दा लामो समयसम्म पकेट खर्च उपलब्ध गराइराख्नुमा भने आफूहरुको कमजोरी भएको राणाले बताए । ‘खेल जीवन छाड्ने वित्तिकै दिन बन्द गर्नुपर्ने हो, त्यसमा हाम्रो कमजोरी भएको हो’, उनले थपे,‘ अब अहिले त नयाँ खेलाडी आइसकेका छन् । निशा रावल र पाराको पलेशा गोवर्द्धनलाई त्यो रकम दिने निर्णय गरेका छौं ।’
संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले २००८ को बेजिङ ओलम्पिकका लागि छनोट भएपछि तेक्वान्दो संघले मासिक २ हजार रुपैयाँ पकेट खर्च बापत उपलब्ध गराउने निर्णय गरेको थियो । नेपाली खेलकुदकै इतिहासमा संगिना र दीपक मात्रै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी हुन् । अहिले भने संघले आफ्नै निर्णयलाई उल्टाउँदै सम्मानका रुपमा दिएको रकम नदिने भन्दै रोकको छ । उक्त निर्णयबाट तेक्वान्दो मात्र नभएर समग्र नेपाली खेलकुदकै दिग्गज खेलाडीको अपमान भएको छ ।
मंसिर २७ गते संघले खेल जीवनबाट सन्यास लिइ राष्ट्रिय खेलकुद परिषद्मा तेक्वान्दो प्रशिक्षकको पदममा कार्यरत रहेकाले पुस महिनाबाट पकेट खर्च काट्ने निर्णय गरेको थियो । त्यसमा ध्यानाकर्षण भएको भन्दै संगिना र दीपकले पत्रमार्फत आफ्नो असन्तुष्टी जाहेर गरेका थिए । उनीहरुले बुझाएको पत्रमा भनेका छन्, ‘तेक्वान्दो खेलाडीका रुपमा ओलम्पिकमा छनोट भएदेखि हामीलाई पकेट खर्चका रुपमा मासिक दुई हजार रुपैयाँ सम्मान स्वरुप उपलब्ध गराउँदै आएकोमा हामी संघ प्रति आभारी छौं र त्यसले भविष्यमा अन्य खेलाडीलाई पनि ओलम्पिकमा छनोट हुँदा संघले आफ्नोतर्फबाट सम्मान गर्छ भन्ने सन्देश गएको थियो । त्यतिबेला सो रकमको बेग्लै अर्थ रहेको थियो । ओलम्पिक खेलमा छनोट हुने खेलाडीलाई संघले प्रोत्साहित गर्छ भन्ने सन्देश गइरहेको थियो ।’
संघको पछिल्लो निर्णयले भने दुखित हुनुका साथै आत्मसम्मानमा ठेस पुगेको महसुस गरेको उल्लेख गर्दै पत्रमा भनिएको छ ,‘ आफ्नो अभिभावक संस्थालेनै ओलम्पिक छनोट भएवापत दिएको सम्मान नै कटौती गर्दा त्यसले नयाँ पुस्ताका खेलाडीमा जाने सन्देशका विषयमा संघले ध्यान दिनुपर्ने हामीले महसुस गरेका छौं । हामीलाई दिँदै आएको सम्मानको पकेट खर्च प्रशिक्षणरत राष्ट्रिय खेलाडीलाई उपलब्ध गराउने निर्णय गरिएको भन्ने संघको पत्रमा उल्लेख गरिएको छ । उक्त निर्णयको हामी हृदय देखि स्वागत र खुशी व्यक्त गर्न चाहन्छौं।’
‘तर, नेपाली खेलकुदले नै उच्च सम्मानका साथ हेरिएको ओलम्पिक छनोट भएका खेलाडीको सम्मान रकम काटेर अन्य खेलाडीलाई उपलब्ध गराउँछौं भन्ने निर्णय कत्तिको जायज हुन्छ ? सम्भव भएसम्म सबै राष्ट्रिय खेलाडीलाई पकेट खर्च उपलब्ध संघले गराउनुपर्छ’, उनीहरुले भनेका छन् ।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]