3 years ago
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको कराते लामो समयदेखि विवादमा रहँदा पटक पटक खेलाडीले पीडा भोग्दै आएका छन् । एसियाली खेलकुदमा समेत दुई अलग अलग टोली भएर दक्षिण कोरिया पुगेको इतिहास भएको नेपाली करातेका खेलाडी यसपटक नाम दर्ता भएर पनि विश्व कराते च्याम्पियनसिप खेल्नबाट बञ्चित भएका छन् ।
विश्व कराते महासंघको आयोजनामा दुबईमा सोमबार सुरु भएको च्याम्पियनसिपमा ८ खेलाडीको नाम दर्ता भएपनि ३ खेलाडी मात्र आयोजना स्थल पुगेपछि नेपाली करातेको कमजोर व्यवस्थापन फेरि एक पटक छताछुल्ल भएको छ । दुई वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले विश्व च्याम्पियनसिप गुमाउनु परेको छ ।
विश्व च्याम्पियनसिपका लागि सागका स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ, अनु अधिकारी, विप्लवलाल श्रेष्ठ, मुकुन्द महर्जन, निर्मला तामाङ खेल्नबाट बञ्चित भएका हुन् । सागका रजत पदक विजेता दिवस श्रेष्ठ, मोहम्मद शेख आलम र विजय श्रेष्ठ भने दुबई पुगेका छन् । दिवस व्यक्तिगत कामले केहि दिन अघि नै दुबई पुगेको मण्डेले जानकारी दिए । त्यहाँ पुगेका खेलाडीले पनि भाग लिन पाउने नपाउने निश्चित नसकेको बताइन्छ ।
तीन वर्षअघि अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त दुई कराते महासंघलाई मिलाएर एक बनाइएपनि अहिले पनि महासंघको दोहोरो अस्तित्व कायम नै छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त महासंघ जसलाई पुरेन्द्रविक्रम लाखेले नेतृत्व गर्छन् । त्यहि महासंघले ८ खेलाडीको नाम दर्ता गरेपनि अन्तमा ३ खेलाडी मात्र त्यहाँ पुगेका हुन् । आफ्नै जोखिममा दुबई जानु पर्ने लाखेले बताएपनि आफूहरु नगएको सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजीले बताए ।
सागका दाहोरो स्वर्ण पदक विजेता मण्डेकाजे र निर्मलाले एकल कातामा, स्वर्ण पदक विजेता विप्लवले ८४ केजी माथि, अनुले ५५ केजी, र मुकुन्द महर्जनको ६७ केजी तौल समूहमा नाम दर्ता थियो । दिवसले ८४ केजी मूनी ,मोहम्मदको ७५ केजी मुनी र विजयको ६० केजी मुनीमा नाम दर्ता रहेको बताइएको छ ।
‘सहभागिताका लागि सबै खेलाडीको भिसा आइसकेपछि पनि महासंघले खेलाडीले खेल्न पाउने ग्यारेन्टी भने लिन नसक्ने बताएको थियो । महासंघमार्फत नै हामीले दर्ता गरेका हौं । अफिसियल गेममा महासंघले सिफारिस नगरी भाग लिन पाइन्न,’ मण्डेले भने, ‘महासंघमार्फत दर्ता भएर आफ्नै खर्चमा जान हामी तयार थियौं । तर उहाँ पुगेर पनि खेल्न पाउने ग्यारेन्टी नभएपछि हामी गएनौं ।’ महासंघकी कमजोरका कारण आफूहरु विश्व च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको उनको गुनासो छ ।
विश्व कराते महासंघमा नेपाल कराते महासंघको नविकरण नभएकै कारण खेलाडीले भाग लिन नपाउने भएका हुन् । महासंघले नविकरण वापत झण्डै ५६ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ । कराते प्रशिक्षक दीपक श्रेष्ठ दर्ता भइसकेका खेलाडीले भाग लिन नपाउनु दुःखद भएको जनाउँदै व्यवस्थापनमा कराते महासंघ पटक पटक चुक्दै आएको बताए ।
‘जसरी अहिले खेलाडीको दर्ता गरिरहेको छ । हेर्ने हो भने त्यो पनि आफैमा गलत छ । विश्व च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता गराएर महासंघले खेलाडीको सहभागिता निश्चित गर्नुपर्ने हो,’ उनले भने,’ तर यहाँ खेलाडी आफैले सिफारिस लिनका लागि पहिला व्यवस्थापनालाई रिजाउने पर्ने परम्परा छ । यो भन्दा बिडम्बना के होला । अभिभावक संस्था नै गैर जिम्मेवार भएपनि अन्तमा खेल र खेलाडीले नै पीडा भोग्नु पर्ने हुन्छ ।’
तीन वर्षअघि शम्भु आचार्यको अध्यक्षतामा महासंघको एकता भएको बताइएको थियो । जसमा राष्ट्रिय मान्यता प्राप्त महासंघका अध्यक्ष दावा गुरुङ सह अध्यक्ष, लाखे उपाध्यक्ष रहेका छन् । एकता महासंघलाई दिएको निर्वाचन गराउने जिम्मेवारी पनि पूरा गर्न नसकेपछि अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त महासंघको दोहोरो अस्तित्व कायम नै छ ।
गुरुङले मोहम्मद र विजयले दुवई जाने जानकारी गराएपनि अन्य खेलाडीको हकमा भने जानकारी नभएको बताए । उनले करातेको विवाद समाधान होस् भन्नका लागि आफूहरु मर्जमा जान तयार भएपनि त्यसले पनि विवाद समाधान हुन नसकेको बताए । गुरुङले आफूहरु जिम्मेवारीमा रहँदा सम्म विश्व कराते महासंघमा कराते महासंघको नविकरण रहेको दाबी समेत गरेका छन् । यो विषयमा बुझ्न लाखेसँग सम्पर्क गर्दा उनको फोन उठेन । करातेको दोहोरो अस्तित्व र विवादले गर्दा खेल र खेलाडीले अझै कहिले सम्म पीडित हुनुपर्ने त्यो भन्न सकिने अवस्था छैन ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]