6 years ago
April 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौँ अन्तर्गत फेन्सिङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी यसपटक पनि च्याम्पियन हुने पक्का भएको छ ।
शनिबारसम्म आर्मीले सर्वाधिक ६ स्वर्णपदक जितसँगै आर्मी च्याम्पियन बन्ने पक्का भएको हो । ३ वटा प्रदेशले समान ३ र एपीएफले एक स्वर्ण हात पारेको छ ।
शनिबारको खेलमा फोयल पुरुष समूहमा त्रिभुवन आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले विजयी भएको हो । त्यसैगरी स्याबर पुरुष समूहमा प्रदेश ३ ले एपीएफलाई ४५–३९ को अन्तरले विजय हासिल गरेको छ ।
इपी महिला समूहतर्फ आर्मीले एपीएफलाई ४५–४४ को झिनो अन्तरको जित निकाल्यो ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीका पुनम चन्द र कामना विष्टको जोडी समूह विजेताका रुपमा राष्ट्रिय बिच भलिबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचको समूह ‘ज’ नेपाल पुलिस क्लबका पुनम र कामनाको जोडीले कोशी प्रदेशका रेजिना लिम्बु र कविता राईको […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]