default_image

ताजा समाचारहरु

November 10, 2024

स्पाइकर सरस्वती अष्ट्रेलिया पुगिन्

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार स्पाइकर सरस्वती चौधरी अष्ट्रेलिया आइपुगेकी छिन् । नेपाली समुदायबीच हुने भलिबल प्रतियोगितामा सहभागिता जनाउन सरस्वती आइतबार अस्ट्रेलियाको सिड्नी आइपुगेकी हुन् । उनले डिसेम्बरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगितामा म्याग्दी काली युनाइटेडबाट खेल्नेछिन् । एपिएफबाट छुट्टि लिएर अष्ट्रेलिया पुगेकी उनी अर्को महिना नेपाल फर्कने […]

November 10, 2024

काया यू-१६ कप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – काया स्पोर्ट्सको आयोजनामा काया यू-१६ कप सेभेन-ए-साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साता हुने भएको छ । नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू-१६ काया कप आयोजना गर्न लागेको हो । संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ […]

November 10, 2024

सेन्ट जर्जलाई जिएनसी शिल्ड उपाधि

दिल तामाङ, सिड्नी कप्तान सुशान्त कुँवरको ह्याट्रिक सहयोगमा सेन्ट जर्ज नेप्लिज क्लबले २५औं संंस्करणको गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल शिल्डको उपाधि जितेको छ । सुरुवाती अग्रता लिएपनि १–३ ले पछि परेको स्थिति उल्ट्याएर सेन्ट जर्जले साविकको विजेता फेवा एफसीमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित नोरफोर्ड पार्क चेस्टर […]

November 10, 2024

थाइल्याण्डविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्यनण्डविरुद्ध टस जितेको छ । युएईको अजमानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी छिन् । नेपालको प्लेईङ-११ पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कुशुम गोदार, तृषना विक, रचना चौधरी, रिया शर्मा, […]

November 10, 2024

एनपिएल गर्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका‌ लागि बाटो खुलेको छ। एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो। एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै  अख्तरले  कात्तिक २३ गरे रिट […]

November 10, 2024

२२ वर्ष पछि पाकिस्तानले अस्ट्रेलियामा सिरिज जित्यो

एजेन्सी – पाकिस्तानले अस्ट्रेलियामा २२ वर्ष पछि ओडिआई सिरिज जितेको छ । आईतवार सम्पन्न तेस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ पाकिस्तानले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । पहिलो ओडिआई अस्ट्रेलियाले जितेको थियो । पाकिस्तानले दोस्रो र तेस्रो खेलमा जितका साथ सिरिज आफ्नो बनाएको हो । अस्ट्रेलियाले दिएको १ सय ४१ […]

November 10, 2024

रुपन्देही सुपर लिगमा देवदह विजयी

सुमन अधिकारी,बुटवल भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा […]

November 10, 2024

महिला यु १९ विश्व कप छनोट – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल चौथो खेलमा थाइल्याण्डको सामना गर्दैछ । खेल युएईको अजमानमा नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित […]

November 10, 2024

बंगलादेशले अफगानिस्तानलाई हरायो

एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ । बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो । २ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट […]

November 10, 2024

साल्टको शतकमा इङ्ग्ल्याण्डको सहज जित

एजेन्सी – ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ । आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ । १ सय ८३ रनको […]

Success

Thank you for your time.