default_image

ताजा समाचारहरु

January 2, 2025

विमलाको २ गोलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट […]

January 2, 2025

इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिप : गुजरातमाथि आर्मीको जित

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबले बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को पहिलो खेलमा जित हात पारेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भैरहेको प्रतियोगिताको दोस्रो दिन विहीबार भएको पहिलो खेलमा आर्मीले गुजरात प्रदेश भलिबल एशोसियसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । […]

January 2, 2025

कुशलको शतकमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो

एजेन्सी – ब्याटर कुशल परेराको शतकको सहयोगमा श्रीलंकाले घरेलु टोली न्युजिल्याण्डविरुद्ध सान्त्वना जित हात पारेको छ । न्युजिल्याण्डसँगको तेस्रो टि ट्वान्टी आईमा श्रीलंका ७ रनले विजयी भएको हो । तेस्रो खेल श्रीलंकाले जिते पनि यसअघिका दुवै खेल जितेर न्युजील्याण्डले सिरिज भने जितिसकेको थियो । श्रीलंकाले दिएको २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित […]

January 2, 2025

सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । प्रारम्भिक टोलीमा रहेका रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डललाई बाहिर राख्दै […]

January 2, 2025

एन्फा महिला लिगको अन्तिम चरण आजबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको खेलहरु विहीबार (आज) सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको पहिलो खेलमा बिहीवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । आर्मीसँग आफ्ना दुई महत्त्वपूर्ण खेलाडी दिपा शाही […]

January 2, 2025

आर्सनलले ब्रेन्टफोर्डलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टफर्डमाथि जित हासिल गरेको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा बुधवार आर्सनल ३-१ को जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आर्सनलको जितमा ग्राव्रियल जिसस, ग्रावियल मार्टिनेल र मिकेली मारोनोले समान एक गोल गरे । घरेलु टोलीका लागि वार्यन मेमिउनोले सान्त्वना गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने […]

January 1, 2025

ललितपुरका सजिनलाई बिलमलाल स्मृति चेस उपाधि

ललितपुर (हाम्रो खेलकुद)- ललितपुरका सिएम सजिन महर्जनले राष्ट्रब्यापी फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुर स्पोर्ट्स क्लबले पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा बुधवार ७.५ अंकका साथ सिजनले उपाधि जितेका हुन् । ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतियोगितामा १ सय २२ खेलाडीको सहभागिता थियो।९ चरणको खेलबाट विजेता […]

January 1, 2025

केटिएम सिटीको बिर्तामोड आउटलेट सञ्चालनमा

हिमाल खरेल,बिर्तामोड नेपाली खेल पोशाक सामग्री उत्पादक ब्रान्ड केटिएम सिटी ले झापाको बिर्तामोडमा आउटलेट सञ्चालनमा ल्याएको छ । शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा सोरुम सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, झापा जिल्ला […]

January 1, 2025

प्रदेश खेलकुदद्वारा तेह्रथुमको खेलकुद संरचनाको अनुगमन

हिमाल खरेल,बिर्तामोडकोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले तेह्रथुम पुगेर जिल्लास्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल […]

January 1, 2025

स्युचाटार क्रिकेट लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका […]

Success

Thank you for your time.