default_image

ताजा समाचारहरु

January 5, 2025

जय ट्रफी एलिट कप – पहिलो दिन पुलिस शीर्षमा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ । तर, […]

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

January 5, 2025

सन्दीपको ५ विकेटमा मधेश सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको ५ विकेट लिए पछि मधेश प्रदेश सस्तैमा समेटिएको छ । आइतवार सुरु भएको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल […]

January 5, 2025

ललितको ७ विकेटमा आर्मी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल‌ पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ । जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो । एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न […]

January 5, 2025

इन्डो नेपाल भलिबलको समिफाइनल समीकरण पूरा

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणका २ खेल बाँकी रहँदा‌ नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन अन्तिम […]

January 5, 2025

इन्डो नेपाल भलिबल – पुलिस र मणिमुकुन्द सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब एक खेल अगाडि नै बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए मा आइतवार मणिमुकन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३–२ सेटमा पराजित गरेको थियो। त्यो नतिजाले मणिकुमुन्द र पुलिस सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकुन्दले एकेडेमीलाई […]

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 5, 2025

भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ । तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ । […]

January 5, 2025

जय ट्रफी एलिट कप – पहिलो दिन २ खेल

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगंजमा हुँदैछ । वीरगंजमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्दैछन् । जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका बीचमा खेल हुनेछ । दुवै खेल बिहान ९ […]

Success

Thank you for your time.