default_image

ताजा समाचारहरु

November 25, 2024

क्रिकेटर सानालाई वीरगञ्ज महानगरको सम्मान

सूर्य शुभचिन्तक,वीरगञ्ज नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । […]

November 25, 2024

एनपिएलको ट्रफी अनावरण

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्। सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्। ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले […]

November 25, 2024

रियलको जितमा एमबाप्पेको गोल

एजेन्सी- रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार लेगानेसलाई ३-० ले हराएको छ। रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो । एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको […]

November 25, 2024

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार इपस्विचसँग बराबरीमा रोकिएको छ।‌ दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्नु पर्यो। रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ। मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल […]

November 24, 2024

सलाहको २ गोलमा लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा फरवार्ड मोहम्मद सलाहको दुई गोलमा शीर्षस्थानको लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ । लिभरपुलले आइतवार साउथह्याम्प्टनमाथि ३-२ गोलको रोमाञ्चक जित हासिल गरेको हो । साउथह्याम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले २ तथा डोमिनिकले एक गोल गरे । घरेलु टोलीका लागि एडम आर्मस्ट्रङ र माटियुस फर्नान्डेसले गरेको […]

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]

November 24, 2024

जिम्बाब्वेद्वारा पाकिस्तान पराजित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]

November 24, 2024

महिला फुटबल टोलीलाई नगदसहित जिनियसको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा गत महिना सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो भएको टोलीलाई सम्मान गरेको हो । जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

November 24, 2024

ऋषभ बने आइपिएल इतिहासकै सबैभन्दा मँहगा खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु […]

Success

Thank you for your time.