default_image

ताजा समाचारहरु

November 25, 2024

एनपिएलका लागि टिकट दर तय

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]

November 25, 2024

डेविस कपमा सफल टेनिस टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]

November 25, 2024

महर्जनसहित ४ जना बागमती प्रदेश खेलकुद परिषद्को सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्‌को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका स्वर्ण पदक विजेता ललितपुरका रवि महर्जन, […]

November 25, 2024

भुवनेश्वर कुमार दिन कै महँगो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो दिनको अक्सन जारी रहँदा भुवनेश्वर कुमार सबैभन्दा अहिले सम्मका सबैभन्दा महँगा खेलाडी बनेका छन् । साउदी अरबमा जारी अक्सनको दोस्रो दिन धेरै खेलाडीमाथि बोली नलाग्दा भुवनेश्वर कुमार भने दिनकै महँगो खेलाडी बनेका छन् । उनीमाथि रोयल च्यालेन्जर्स बेंग्लुरुले १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको […]

November 25, 2024

देवको अर्धशतकमा कर्णालीले काठमाडौंलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो । कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय […]

November 25, 2024

विराटनगरका मुख्य प्रशिक्षक काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्राएन सोमबार काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक ओ’ब्राएन काठमाडौं आईपुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । उनलाई त्रिभुवन विमानस्थलमा विराटनगरका टिम व्यवस्थापकमा विजय कुमार धिताल लगायतले स्वागत गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका नियमित […]

November 25, 2024

सुदूरपश्चिम रोयल्सका मेन्टर हज काठमाडौंमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज काठमाडौं आइपुगेका छन् । अस्ट्रेलियाका विश्व कप विजेता टोलीका सदस्य हज सोमवार काठमाडौं आइपुगेका हुन् । उनलाई सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । केही दिन धनगढीमा रहेर प्रशिक्षण गरेको सुदूरपश्चिमको टोली सोमवार काठमाडौं आइपुगेको […]

November 25, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन- पहिलो दिन तोरण शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमवार तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्। तोरणले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे। उनले बोगी रहित फ्रन्ट नाइन […]

November 25, 2024

भारतसँग अस्ट्रेलियाको हार

एजेन्सी – भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई २ सय ९५ रनले पराजित गरेको छ। दोस्रो इनिङमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाउन सक्यो । चार दिन सोमवार सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए । वासिङटन सुन्दरले २, हर्सित राणा र नितिशकुमार […]

November 25, 2024

युएनएफएलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली समाज मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ। युएई नेपाल पत्रकार महासंघलाई टाइब्रेकर पराजित युएनएफएले उपाधि जितेको हो। १-१ को बराबरीपछि टाइब्रेकरमा युएनएफले बाजी मारेको हो। त्यसअघि सेमिफाइनलमा युएनएफएले नेपाली दुतावास र युएई पत्रकार महासंघले एनएसयु एसोसिएसनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। नेपाली दुतावासका सागर […]

Success

Thank you for your time.