January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 16, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ । आर्सनलले बिहीवार आफ्नो मैदानमा टोटनहमलाई २-१ गोलले पराजित गरेको हो । आर्सनलका लियान्ड्रो ट्रोसार्डले १ गोल र अर्को गोल आत्मघाती रह्यो । टोटनहमका लागि सन ह्युङ मिनले गोल गरे । खेलमा अग्रता टोटनहमले लियो । २५औं मिनेटमा सनले गोल गरे । ४०औं मिनेटमा […]
January 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा फागुन अन्तिम सातामा हुने भएको छ । बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले लिगमा कुल ४ टोलीको सहभागिता रहने जानकारी दिए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक […]