default_image

ताजा समाचारहरु

January 16, 2025

पुलिसको दुई जोडी क्वाटरफाइनलमा भिड्ने

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य नेपाल पुलिस क्लबको रविन चन्द र पहल गहतराजको जोडीले पुलिसकै चन्द्र कुवँर र सफल विकको जोडीको सामना गर्नेछ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी आठौं पुरुष राष्ट्रिय बिचमा बिहीवार रविन र पहलको जोडीले कोशीका दिनेश राई र दिवश श्रेष्ठको जोडीबाट बाई पाएर अन्तिम […]

January 16, 2025

राखेपद्वारा एनओसीको निर्वाचन र साधारण सभा अवैध ठहर !

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभालाई अवैध भएको ठहर गरेको‌ छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको १ सय १९ औं बोर्डले एनओसी निर्वाचनलाई‌ अवैध ठहर गर्दै आवश्यक प्रकृया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने […]

January 16, 2025

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

January 16, 2025

एन्फा महिला लिगमा आर्मीसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो। बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले […]

January 16, 2025

निरुता र नेविकाको जोडी क्वाटरफाइनलमा

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी‌ निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई‌ २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो। […]

January 16, 2025

राखेपको बोर्ड बैठक जारी, एनओसी मुख्य एजेण्डा

काठमाडौं (हाम्रो खेलकुद)- अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको‌ अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ। राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ। उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै […]

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

Success

Thank you for your time.