default_image

ताजा समाचारहरु

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको सेमिफाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले  ४ खेलबाट ६ अंक जोडेको थियो। नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित […]

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

नेपाली खो खो विश्व कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको सेमिफाइनलमा पुगेको छ। इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल फाइनल पुगेको हो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

एपिएफ र पुलिसको जोडी बिच भलिबलको फाइनलमा

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र एपिएफ क्लबको जोडी आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। एपिएफ बलिराम चौधरी र रमेश विकको जोडीलेआर्मी क्लबकाका टिकराज तामाङ र सूर्य परियारको जोडीलाई २१-१६,२१-११ ले हराउँदै फाइनल पुगेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा शुक्रवार पुलिसका चन्द्र कुवँर र सफल विकको […]

January 17, 2025

बिच भलिबलको फाइनलमा पुलिसकै दुई जोडी

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका दुई जोडी सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। पुलिसको दुवै टोलीले शुक्रवार सेमिफाइनलमा एपिएफ क्लबको जोडीलाई हराएको हो । काभा महिला बिच भलिबलको स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरीको एपिएफ क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई २२-९, २१-५ ले हराउँदै उपाधि […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 17, 2025

महिला पिएम कप – सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]

January 17, 2025

राष्ट्रिय बिच भलिबल – विभागीय जोडी मात्रै सेमिफाइनलमा पुगे

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बिच भलिबको महिला र पुरुष दुवैतर्फ विभागीय जोडी मात्रै सेमिफाइनल पुग्न सफल भएको छ। महिलातर्फ नेपाल पुलिस क्लब र एपिएफका दुवै जोडी सेमिफाइनल पुगेको छ । पुरुष दुवैतर्फ एपिएफको दुवै टोली तथा त्रिभुवन आर्मी क्लब र पुलिसको‌ समान एक जोडी सेमिफाइनल पुगेको छ । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी […]

Success

Thank you for your time.