default_image

ताजा समाचारहरु

January 20, 2025

जनकपुर नाइट्सको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्सलेकेबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दाेस्राे जित हासिल गरेकाे छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमवार भएकाे खेलमा जनकपुरले धनगढी वाइल्ड क्याट्सलाई ३७-३१ काे स्काेरमा पराजित गरेकाे हाे। जितसँगै जनकपुरले ५ अंक जोडेको छ। यो सँगै जनकपुरको दुई खेलमा १० अंक भएको छ। धनगढीले १ अंक जोडेको छ। […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

टाइगर कप भलिबलको तयारी अन्तिम चरणमा, अनलाइन टिकट किन्न सकिने

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशाला हाता भित्र हुने प्रतियोगितामा २ विदेशीसहित महिला र पुरुष दुवैतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विदेशी टोलीमा महिलातर्फ थाइल्याण्डको युनाइटेड […]

January 20, 2025

एन्फा यु १६ लिग – संकटा र मछिन्द्रको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]

January 20, 2025

महिला पिएम कप – बागमतीले आर्मीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो […]

January 20, 2025

नेपाली युवा टोली सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]

January 20, 2025

नेपालले स्कटल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]

Success

Thank you for your time.