default_image

ताजा समाचारहरु

January 21, 2025

सन्दीपलाई‌ एक खेलको प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]

January 21, 2025

एपिएफका १५ खेलाडीलाई‌ विषेश बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]

January 21, 2025

महिला पिएम कप – मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। मधेश प्रदेशलाई मंगलवार ७ विकेटले हराउँदै बागमतीले सुपर फोरमा स्थान बनाएको छ । बागमती समूह ‘बी’बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो । यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा […]

January 21, 2025

एन्फा यु १६ लिग – विभागीय डर्बीमा एपिएफ विजयी

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिग फुटबलको आज भएको विभागीय डर्बीमा एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लब माथि सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मैदानमा मंगलवारको‌ दोस्रो खेलमा एपिएफले आर्मीलाई १३-० को फराकिलो अन्तरले पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टार विजयी भएको छ। थ्री स्टारले खुमलटारलाई ५-१ ले […]

January 21, 2025

महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 21, 2025

खो खो विश्व कप – रजत पदक विजेता दुवै टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]

January 20, 2025

जनकपुर नाइट्सको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्सलेकेबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दाेस्राे जित हासिल गरेकाे छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमवार भएकाे खेलमा जनकपुरले धनगढी वाइल्ड क्याट्सलाई ३७-३१ काे स्काेरमा पराजित गरेकाे हाे। जितसँगै जनकपुरले ५ अंक जोडेको छ। यो सँगै जनकपुरको दुई खेलमा १० अंक भएको छ। धनगढीले १ अंक जोडेको छ। […]

Success

Thank you for your time.