default_image

ताजा समाचारहरु

January 22, 2025

बार्सिलोनाको रोमान्चक जित

एजेन्सी – दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका‌ साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन। बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक […]

January 22, 2025

रोनाल्डोको २ गोलमा नासरको जित

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको २ गोलमा साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । नासरले मंगलवार अल खलिजलाई ३-१ ले पराजित गर्यो । प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा भएको खेलमा नासरको जितमा रोनाल्डो बाहेक सुल्तान अल घन्नामले गोल गरे । खलिजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे । खेलको ३४औं मिनेटमा खलिजका […]

January 21, 2025

बेलबारीलाई कनकाई कप भलिबलको उपाधि

हिमाल खरेल,बिर्तामोड मोरङको बेलबारी नगरपालिकाले झापाको कनकाईस्थित सुरुङ्गामा भएको कनकाई कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतको टिभिए सिक्किमलाई हराउँदै बेलबारीले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । सिक्किमले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । प्रतिस्पर्धात्मक खेलमा पहिलो २-२ सेट दुवै […]

January 21, 2025

जनकपुर नाइट्सको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले सानदार कमब्याकमा विराटनगर ब्यान्डिट्सलाई ४०-३८ को झिनो अन्तरमा हरायो। जनकपुरको यो लगातार तेस्रो जित हो। विराटनगरले भने पहिलो हार बेहोर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा विराटनगर र जनकपुर दुवै लगातार तेस्रो जित निकाल्ने दाउमा थिए। जहाँ विराटनगरले […]

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप च्याम्पियन

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो। झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० […]

January 21, 2025

काठमाडौं माभरिक्सको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं माभरिक्सलेकेबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो जित हात पारेको छ। हिमालयन रेडर्सलाई मंगलवार ५६-३४ को फराकिलो अन्तरमा हराउँदै महत्वपूर्ण ५ अंक जोड्न काठमाडौं सफल रहयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो। पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो। […]

January 21, 2025

रुपन्देही ‘ए’ सुपरलिग – खुकुरी विजयी

सुमन अधिकारी, बुटवल भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । खुकुरीले मेलवर्न क्रिकेट क्लब (एमसिसी)लाई ९७ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनाएको […]

January 21, 2025

सुष्माको ह्याट्रिकमा वालिङलाई सान्त्वना जित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ। वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ […]

January 21, 2025

सूर्य नेपाल वेस्टर्न ओपन सुरु हुँदै

पोखरा (हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको २५औं संस्करण पोखराको हिमालयन गल्फ कोर्समा बुधवार सुरु हुँदैछ। ५४ होलको तीन दिने प्रतियोगितामा ३४ भन्दा बढी प्रोफेसनल र १४ एमेच्योर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटी इस्टर्न ओपनका विजेता निरज तामाङ तथा सञ्जय लामा र जयराम श्रेष्ठलाई दाबेदार मान्न सकिन्छ। गत संस्करण रेकर्ड स्कोरमा […]

Success

Thank you for your time.