default_image

ताजा समाचारहरु

January 24, 2025

एन्फा यु १६ लिग – एपिएफ र सातदोबाटोको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगको आजको खेलमा नेपाल एपिएफ क्लब र सातदोबाटो युथ क्लब विजयी भएका छन् । शुक्रवार लिग अन्तर्गत दिनको पहिलो खेलमा थ्री स्टार क्लबमाथि सातदोबाटोले जित हासिल गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले थ्री स्टारमाथि २-१ को जित हात पार्यो । शुक्रवारै भएको दिनको दोस्रो खेलमा एपिएफ क्लबले […]

January 24, 2025

जय नेपाल कप – ढाका र लखनउको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ढाका विश्वविद्यालय र लखनउ विश्वविद्यालय विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा बंगलादेशको ढाकाले नेपालको पुर्वाञ्चल विश्व विद्यालयलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ढाकाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो । […]

January 24, 2025

महिला पिएम कप – बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा समेटियो । बागमतीका लागि यशोदा बिष्टले […]

January 24, 2025

पुलिस कठिन जितसँगै क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब एन्फा महिला लिगको‌ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अमृता जैसीको निर्णायक गोलमा बागमती युथ क्लबलाई‌ १-० ले हराउँदै पुलिस दोस्रो क्वालिफायरमा पुगेको हो। लिगमा बागमतीको‌ यात्रा टुंगिएको छ। सातदोबाटो स्थित एन्फाको मैदान अमृताले इन्ज्युरी समयमा गोल गर्दैै पुलिसलाई‌ जित दिलाएकी हुन् ।पुलिसले एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल […]

January 24, 2025

टाइगर कपको ट्रफी अनावरण

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने प्रतियोगिताको ट्रफी गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । […]

January 24, 2025

कृष्ण ध्वज स्मृति टेबुल टेनिस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । रेड टायल्सको आयोजना र अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने शुक्रवार पत्रकारमा जानकारी दिइयो । रेड टायल्सका अध्यक्ष सुरज […]

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

January 24, 2025

मलेसिया विरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोजेकी हुन् । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका […]

Success

Thank you for your time.