default_image

ताजा समाचारहरु

January 25, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ सेमिफाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – मध्यपश्चिम र लखनउ विश्वविद्यालय राजधानीमा जारी जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शनिवार भएको खेलमा नेपालको मध्यपश्चिमले लखनउलाई २ विकेटले पराजित गरि समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । पराजित लखनउ समूह उपविजेता रुपमा सेमिफाइनल पुगेको हो । लखनउले दिएको १ सय ४२ रनको लक्ष्य मध्यपश्चिमले १९.४ ओभरमा ८ […]

January 25, 2025

रुपन्देही ‘ए’ सुपर लिग- एमसिसी विजयी

सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको शनिवारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसिसी) विजयी भएको छ । एमसिसीले प्रोफेसनल मास्टर्स ११ लाई ८० रनले पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एमसिसीले निर्धारित ३९ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ८ रन बनायो । उसका लागि आदित्य […]

January 25, 2025

टाइगर कप – आर्मी र आयोजकको खेल रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – टाइगर कप भलिबल प्रतियोगिताको पहिलो दिनको तेस्रो खेल खराब प्रकाशका कारण बीचमा नै रोकिएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबिचको शनिवारको तेस्रो तथा अन्तिम खेल खराब प्रकाशका कारण रोकीएको हो । रोकिएको खेल आइतबार पुन: पहिलो सेटबाट नै सुरु हुने भएको छ । खेल रोकिदा आर्मी २-१ […]

January 25, 2025

कुशलले डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराको फ्रेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा फेन्ड्सले डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । फेन्ड्सले माघ २१ गते वोष्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग […]

January 25, 2025

पिएम कप महिला – इन्दु सर्वोत्कृष्ट

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लबकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । कैलालीको‌ धनगढीमा शनिवार सम्पन्न फाइनल खेलमा एपिएफ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । टोलीलाई च्याम्पियन बनाउँन बल र ब्याटबाट महत्वपूर्ण योगदान गरेकी इन्दु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएकी हुन् । इन्दुले प्रतियोगितामा ब्याटिङतर्फ […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

January 25, 2025

टाइगर कप – न्यु डायमन्डको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – पोखरामा पाँचौं टाइगर कप भलिबल प्रगियोगिताको महिलातर्फ टिप‌ टप न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ । महिला दोस्रो खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । डायमन्डले दोस्रो, चौथो र पाँचौ सेटमा जित हात पार्दै खेल जितेको हो । पुलिसले पहिलो र तेस्रो […]

January 25, 2025

महिला पिएम कप – अपराजित रहँदै एपिएफ च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । कैलाली धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको एपिएफले अपराजित रहँदै उपाधि जितेको हो । ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । टोली ओपनर ममता चौधरीले नट […]

January 25, 2025

एपिएफ महिला लिगको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा रश्मि कुमारी घिसिङको २ गोलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराउँदै एपिएफ फाइनल पुग्ने पहिलो बनेको छ। सुरुवात लिएको अग्रता जोगाउन नसक्दा आर्मीले फाइनल प्रवेशका अर्को चुनौतीको सामना गर्ने पर्ने भएको छ। आठौं […]

January 25, 2025

बगर भाइ खलकको भेट्रान्स फुटबलमा ३९ टोली

पोखरा (हाम्रो खेलकुद) –   बगर भाइखलकको आयोजनमा अर्को साता आयोजना हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै  पोखराको टुडिखेल फुटबल मैदानमा माघ १५ देखि २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।  बगर भाइखलकका महासचिव […]

Success

Thank you for your time.