August 14, 2015
काठमाडौं, साउन २९ गते । पाटन संयुक्त क्यामपस ‘सी’ ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शान्तिनगर फुटसलमा भएको फाइनलमा पाटन ‘सी’ ले आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । पेनाल्टी सुटआउटमा पाटन ‘सी’ का नगेन्द्र पुन, अशोक खड्का र आशिष केसीले गोल गरे । पाटन ‘बी’ […]
August 14, 2015
उन्नाइस वर्ष मुनिको नेपाली फुटबल टिमका कप्तान बिमल घर्ती मगर नेपाल फर्केका छन् । बिमल वेल्जियमको फुटबल क्लव ‘क्लब ब्रुज के.के.भी.’मा प्रशिक्षण गर्न गएका थिए । करिब ५ हप्ता उनले बेल्जियमको प्रतिष्ठित क्लबमा प्रशिक्षण गरेका थिए। यो बिमलको युरोपमा तेश्रो अभ्यास हो । बिमलले यसअघि गएको मंसिरमा नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब एफसी ट्वेन्टेमा ट्रायलका साथै […]
August 13, 2015
वल्र्ड र्याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ । दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि […]
August 13, 2015
विश्व रग्बी महाघंको तत्ववाधनमा नेपाल रग्वी संघको आयोजनामा रग्बीको प्रशिक्षक कोर्ष बिहिबारदेखि कीर्तिपुरमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त कोर्ष तथा तालिम राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ र रग्बी सघंका अध्यक्ष टङ्कलाल घिसिङले गर्नेू भयो । तालिममा पहिलो दिन गेट इन्टु रग्बी,दोस्रो दिन लेभल ए प्रशिक्षक कोर्ष तथा अन्तीम दिन अफिसियल […]
August 13, 2015
काठमाडौं, साउन २८ गते । ग्लेसियर र पाटन ‘बी’ प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । शान्तिनगरमा भएको खेलमा ग्लेसियरले काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) लाई ३–१ गोलले पराजित गर्यो । ग्लेसियरका करुणराज ढकालले ह्याट्रिक गरे । केइसीका सचेत लामिछानेले १ गोल फर्काए । पाटन ‘बी’ ले अस्कल ‘ए’ लाई ५–० गोलले […]
August 13, 2015
सुभाष श्रेष्ठ र भुमि गुरुङको जोडीले प्रथम ढोरपाटन याज गल्स ब्याडमिन्टन प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । उनीहरुले बुधवार भएको ए लेवलको खेलमा कमल थापा र चन्द्रवहादुर चन्दको जोडीलाई २१–६ र २१–१४ को सोझो सेटमा हराउदै दोश्रो चरणमा स्थान बनाएका हुन । ए लेवलकै खेलबाट सफलता हातपादै गणेश छन्त्याल र तिलक छन्त्याल,रबि चन्द र अशोक […]
August 12, 2015
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको संख्या तीन रहेको छ । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, […]
August 12, 2015
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा १ सय ६० प्रशिक्षार्थी सहभागी थिए । सबै प्रशिक्षार्थी काठमाडौं प्रज्ञाकुञ्जका हुन् । सहभागीलाई […]
August 12, 2015
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले सेन्ट लरेन्सलाई ३–२ तथा केइसीले ग्लोबल कलेज ‘डि’ लाई ७–० को गोलअन्तरले पराजित गरे । अन्य खेलमा ग्लोबल ‘सी’ ले थापाथली क्याम्पसलाई २–१, […]
August 12, 2015
गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले […]