default_image

ताजा समाचारहरु

January 26, 2025

कुशल सम्मिलित डेजर्ट प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीको प्लेअफमा पुगेको छ । लिगमा ३ खेल खेल्न बाँकी रहदा डेजर्टले प्लेअफमा स्थान पक्का गरेको हो । डेजर्टले शनिवार भएको खेलमा सारजहा वारियर्सलाई ८ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। डेजर्टले ७ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका […]

January 26, 2025

आर्सनलको कठिन जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनलले वल्भ्समाथि कठिन जित निकालेको छ । आर्सनलले शनिवार वल्भ्सलाई १-० ले कठिन रुपमा पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो । जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ । वल्भ्स २३ खेलमा १६ […]

January 26, 2025

लिभरपुलको सहज जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउँदै छ । इप्स्विच टाउनलाई शनिवार ४-१ ले हराउँदै लिभरपुलले अग्रता ६ अंकको बनाएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा काड्यो गोक्पोले २, डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरे । पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरे । खेलको ११औं […]

January 26, 2025

इङ्ग्ल्याण्डविरुद्ध भारतको जित

एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ । भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो । १ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर […]

January 26, 2025

म्यानचेस्टर सिटीसँग चेल्सीको हार

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीको इङ्ग्लिस प्रिमियर लिगमा शनिवार सहज जित हासिल गरेको छ । चेल्सीलाई ३-१ ले हराउँदै सिटी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। घरेलु मैदानमा सिटीलाई पुनरागमन जित दिलाउन जोस्को ग्यार्डिओल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे । चेल्सीका नोनी मडोकीले गोल गरे । सुरुवाती अग्रता चेल्सीले लिएको थियो । […]

January 26, 2025

एम्बाप्पेको ह्याट्रिकमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा थप मजबुत भएको छ । रियल भालाडोलिडलाई शनिवार ३-० ले हराउँदै रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ। केलियन एम्बाप्पेको ह्याट्रिकमा पूरा गरे। ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । […]

January 25, 2025

बर्खा स्मृति क्रिकेटमा बिर्तामोड र कनकाईको जित

हिमाल खरेल, बिर्तामोड साविक विजेता बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकालाई ८७ रनले पराजित गर्‍यो ।टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन […]

January 25, 2025

विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ। लिग चरणको अन्तिम खेलमा शनिवार प्ले अफमा पुगिसकेको विराटनगरले पोखरा लेकर्सलाई ५०-२५ को सहज नतिजामा हरायो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा विराटनगरले पोखरालाई कुनै पनि मौका दिएन। पहिलो हाफमा २१-१२ को अग्रता बनायो।‌ दोस्रो हाफमा पनि […]

January 25, 2025

राष्ट्रिय बुद्धिचालको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघको‌ आयोजनामा २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा आइतवार सुरु हुने भएको छ। महासंघले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ १९ गते सम्म सञ्चालन हुने  प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फर्म्याट अनुसार सिनियर नेसनल च्याम्पियनका शीर्ष ३ […]

January 25, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको मध्यम योगफल

एजेन्सी – भारतविरुद्धको दोस्रो टि ट्वान्टी आईमा ब्याटिङ नचल्दा इङ्ग्ल्याण्ड मध्यम योगफलमा समेटिएको छ । भारतमा जारी खेलमा इङ्ग्ल्याण्डले घरेलु टोलीलाई १ सय ६६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ४५ […]

Success

Thank you for your time.