October 31, 2015
खेलकुदको माया नेपालमा अत्यन्त छ । अन्तर्राष्ट्रिय क्रीकेट , विदेशी फुटबल मनपाराउने खेल प्रेमी धेरै छन नेपालमा । बेला बेला नेपाली झण्डा र नेपाली सँगको फोटो देख्न पाउदा निकै उत्साहित हुन्छन नेपाली समर्थकहरु । हेरौ केहि फोटो जहाँ अन्तर्राष्ट्रिय खेल सेलिब्रिटी नेपाली झण्डा र नेपाली सँग देखिएका छन ।
October 30, 2015
दशैं बिदा सकिएपछि प्याट्रिक ओजेम्सको प्रशिक्षकत्वमा राष्ट्रिय टोलीको प्रशिक्षण पुन: सुचारु भएको छ । लिग सकिएलगत्तै बोलाइएको ३९ खेलाडीमध्य आज भएको प्रशिक्षणमा ३५ खेलाडी उपस्थित भएका थिए । चोटका कारण चार खेलाडी उपस्थित भएका थिएनन् भने उपस्थित मध्य दुई खेलाडीले चोटका कारण प्रशिक्षण गरेनन्। दशैंअघि पनि दुई दिन प्रशिक्षण गरेको टोलीले अस्तिदेखि प्रशिक्षण सुरु गरेको थियो […]
October 30, 2015
बिबिसिसँग दिएको अन्तर्वातामा राष्ट्रिय टोलिका नव-नियुक्त प्रशिक्षक प्याट्रिक ओजेम्स खेलाडीहरुको नैतिकताले उनिहरुलाई मनपरी गर्न नदिने कुरा ब्यक्त गरेका छन । नेपालको म्याच फिक्सिङ सन्दर्भमा बिबिसिसँग दिएको अन्तर्वातामा उनि लगायत सम्पुर्ण नेपाली समर्थकलाई यो समाचारले चकित बनएको बताएका छन । ” म लगायत सम्पूर्ण नेपाली समर्थक हरु यो खबर बाट चकित भएका छन ” , ओजेम्सले बिबिसिसँग भने । “खेलाडी हरुको […]
October 30, 2015
काठमाडौं, कात्तिक १३- म्याच फिक्सिङ आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई प्रहरीले आइतबार मात्र विशेष अदालतमा उपस्थित गराउने भएको छ । खेलाडीसँगको बयान नसकिएको भन्दै विशेषले पक्राउ परेको दिनदेखि लागु हुने गरि १७ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । १७ दिन शुक्रबार पुरा हुँदैछ । शनिबार विदा […]
October 29, 2015
एसियाली क्रिकेट परिषद् (एसीसी) को छात्रवृत्तिमा नेपाली यू–१९ का चार प्रभावशाली खेलाडी प्रेम तामाङ, दीपेन्द्र ऐरी, सौरभ खनाल र सुशील कँडेलले भारतको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षण लिने भएका छन्, इकान्तिपुर ले जनाएको छ । यि चार खेलाडीहरु नोभेम्बर २५ मा चेन्नाईमा गई डिसेम्बर १६ मा काठमाडौं फर्किनेछन् । मआरएफ पेस फाउन्डेसनमा भारतका जभागल श्रीनाथ, मुनाफ पटेल, इरफान पठान, […]
October 29, 2015
आगामी पौष महिनामा भारतमा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि बोलाइएको ४० सदस्यीय टोलीमा जुमानु राई र सन्तोष साहुखल उपस्थित नभएको अवस्थामा नवयुग बाट धेरै आशा गरिएको छ| भर्खरै सम्पन्न राष्ट्रिय लिगमा १४ गोल गर्दै उच्च गोलकर्ता भएका नवयुग त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्छन| लिगको सर्वोत्कृष्ट फरवार्ड समेत चुनिएका नवयुगले आर्मीलाई दोश्रो स्थानसम्म पुर्याउन […]
October 28, 2015
कप्तान सागर थापा र उपकप्तान सन्दीप राई यी दुवै राष्ट्रिय फुटबल टोलीका सेन्टर डिफेन्डर हुन् । सागर, सन्दीपसहित गोलकिपर रितेश थापा तथा पूर्व खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री म्याच फिक्सिङको आरोपमा अनुसन्धानमा छन् । सागर र सन्दीप नहुँदा राष्ट्रिय फुटबल टोलीमा उनीहरुको ठाँउ अन्य खेलाडीले लिने लगभग पक्का छ । फिक्सिङ अनुसन्धान जारी रहेकाले […]
October 27, 2015
गत महिना किर्गीस्तानमा आयोजित यु१६ च्याम्पियनशिप छनोटमा बढी उमेरको खेलाडी खेलाएको भन्दै ए.एफ.सीले गरेको कारवाही विरुद्ध एन्फाले अपिल गर्ने भएको छ| गत सेप्टेम्बर महिनामा किर्गिस्तानमा आयोजना भएको ए.एफ.सी यु१६ च्याम्पियनशिपको छनोट चरणमा पाँच उत्कृष्ट उपविजेता मध्य एक हुदैं नेपाल भारतमा हुने भनिएको अन्तिम चरणका लागि छनोट भएको थियो| दुइ जित र एक हार ब्येहोरेको नेपालका […]
October 27, 2015
म्याच फिक्सिङ आरोपमा समातिएका राष्ट्रिय टोलीका कप्तान सागर सहित ५ जनाको बयान नसकिएकाले विशेष अदालतले म्याद थप गरेको हो । तोकिएको दिन देखी लागु हुने गरी विशेषले मंगलवार १७ दिनको म्याद थप गरेको छ । त्यस हिसाबले थपिएको म्याद शुक्रबार सकिन्छ । महानगरिय प्रहरी अपराध माहासाखाले उनिहरुबिरुद्द राज्य बिरुद्दको अपाराधमा मुद्दा दर्ता गर्नकालागि म्याद थप गर्न उनिहरुलाई आज विशेष लगेको […]
October 27, 2015
अनुसन्धानको क्रममा रहेका नेपाल राष्ट्रिय टिमका कप्तान सागर थापा आफु निर्दोश रहेको बताउछन । प्रहरीद्वरा सम्पुर्ण खेलाडीहरुले आफ्नो गल्ती स्विकारी सकेको बताएपनी , पक्राउ परेपछी पहिलोपल्ट मिडियासँग सार्वजनिक भएका सागरले आफुहरु निर्दोष रहेको र केहि पनि नस्विकारेको बताएका छन । “हामी निर्दोश छौ । अघिल्लो समय देशकालागी खेल्दा मिडियाको साथ पाए पनि यसपल्ट भने हामीलाई मिडियाले हामीलाई दोशी […]