December 13, 2015
मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ । सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा […]
December 13, 2015
भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो
December 12, 2015
भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज […]
December 12, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै […]
December 12, 2015
हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् । प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय […]
December 12, 2015
एएफसि अनुशासन समितीले नेपाली खेलाडीहरुले गरेको फिक्सिङ खेलहरु सार्वजनिक गरेको छ । एएफसिको अनुसार यि खेलाडीहरुले गरेको फिक्सिङ यस प्रकार छन । अन्जन के.सि : अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ सागरा थापा अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ नेपाल बिरुद्ध […]
December 11, 2015
विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक […]
December 11, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने महिला खेलाडीको शुक्रबार टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने महिला खेलाडी सागका लागि छनोट भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको महिला राउन्ड रविन लिगमा इरा रावत पहिलो हुादै छनोट भइन् । ८ खेलाडी […]
December 11, 2015
नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले […]
December 11, 2015
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेश्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपीएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् । त्यस्तै एपीएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण […]