default_image

ताजा समाचारहरु

December 10, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन् । खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ। लुम्बिनी विराटनगर किंग्स, […]

December 10, 2024

नेपाल र हङकङबीच यु १९ को एकदिवसीय सिरिज हुने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल र हङकङबीच यु १९ को ३ खेलको एकदिवसीय सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार हङकङ यु १९ सँगको एकदिवसीय सिरिजको खेलतालिका र नेपाली टोलीको घोषणा गरेको हो । क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते हुनेछ […]

December 10, 2024

एनपिएलमा आज दुई खेल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दशौं दिन आज दुई खेल हुनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य कुशल मल्ल र कुशल भुर्तेलको टोली अलग अलग खेलमा उत्रदै छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले राष्ट्रिय टोलीको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्ससँग खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा खेल बिहान ९ बजे […]

December 9, 2024

शिराजलाई आइसिसीले गर्यो कारबाही

एजेन्सी – भारतीय तीव्र गतिका बलर मोहम्मद शिराजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारबाही गरेकोछ । अष्ट्रेलियासँगको दोस्रो टेस्ट खेल एडिलेडमा ट्रविस हेडलाई आउट गरेपछि गरेको अस्वभाविक सेलेब्रेसनको कारण आइसिसीले उनलाई एक डेमिरिट प्वाइन्ट दिनुको साथै २० प्रतिशत म्याच फि रकम काट्दै कारबाही गरेको हो । त्यस्तै हेडलाई पनि एक डेमिरिट प्वाइन्ट दिएकोछ । २४ […]

December 9, 2024

यु १९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा […]

December 9, 2024

गण्डकीको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ को सेटमा हराउँदै इरानको यु-१८ टोलीले लगातार दोस्रो जित हात पारेको छ। लगातार तेस्रो हारमा गण्डकीको सेमिफाइनलमा पुग्ने संभावना कमजोर बनेको छ। गण्डकीले सुरुवाती दुई सेटको अग्रता जोगाउन नसक्दा हार बेहोर्न परेको हो। जित निकाल्ने दबाबमा रहेको गण्डकीले इरानको यु-१८ टोलीविरूद्ध […]

December 9, 2024

झापा अन्तरपालिका टि ट्वान्टी क्रिकेट माघमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए। झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, […]

December 9, 2024

भियतनाममा नेपाली तेक्वान्दो खेलाडीलाई ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]

December 9, 2024

एएफसी एसियन कप छनोट – नेपाल ग्रुप ‘एफ’ मा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एएफसी एसियन कप फुटबल छनोटको समूह ‘एफ’ मा परेको छ। मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आइतवार भएको ‘ड्र’मा नेपाल ग्रुप ‘एफ’ मा भियतनाम, मलेसिया र लाओससँग परेको छ । समूह चरणमा सबै टोलीले एकअर्कासँग दुई पटक ६ खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च २५ मा मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने […]

December 9, 2024

काभा क्लब च्याम्पियन्सिप – भारतको क्यालिकट हिरोजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]

Success

Thank you for your time.