default_image

ताजा समाचारहरु

February 22, 2016

बैदेशिक रोजगारले धान्दै गाउँका फुटबल प्रतियोगिताहरु

दिपक बोहोरा ,पाँचथर हिउद लागे संगै पाँचथरको गाउँ गाउँमा फुटबल खेल आयोजना सुरु हुन थालेका छन । स्थानिय स्तरमा खुलेका विभिन्न क्लबहरुले फुटबल खेल आयोजना गर्ने गरेका छन । गाउँघरमा लाग्ने मेलाबजारको मुख्य आर्कषण नै फुटबल खेल हुने गरेको छ । स्थानिय क्लबहरुले आयोजना गर्ने यस्ता खेलको पुरस्कार पनि निकै आर्कषक हुने गरेको छ । गाउँ गाउँमा […]

February 21, 2016

मार्शल आर्टस् हलअफ फेमका अध्यक्ष शर्मा सम्मानित

काठमाडौंं, फागुन ९ तेक्वान्दोका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक एवं वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक मास्टर दिनेश शर्मा सर्टिफिकेट अफ अनरले सम्मानित भएका छन् । नेपालमा मार्शल आर्टस् एवं तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेकोले मास्टर शर्मालाई नेपाल क्याकुशिन सेइसिन काइकान कराते संघले प्रथम राष्ट्रिय महिला तथा पुरुष तौल समुह […]

February 21, 2016

सुुदूरपश्चिम, पुलिस र आर्मीको विजयी सुरुआत

काठमाडौं, फागुन ९ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिताको पहिलो दिन सुुदूरपश्चिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् । प्रतियोगिता अन्र्तगत आइतबार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो खेलमा सुदुरपश्चिमले मध्यपश्चिमलाई पराजित गरेको हो । यस्तै नेपाल प्रहरीले प्रतियोगिताको बलियो मानिएको पश्चिमाञ्चललाई पराजित ग¥यो । त्यस्तै […]

Final

February 21, 2016

दोश्रो अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव सम्पन्न

नेपाल स्पोर्टस फाउन्डेसनले फिक्टसको सहकार्यमा आयोजना गरेको नेपाल अन्तराष्ट्रिय खेलकुद फिल्म महोत्सव काठमाडौंमा समापन भएको छ | नेेपालका तिन र विदेशका तिन गरी दुई दिनमा कुल छ वटा फिल्म देखाइएको महोत्सवमा चार वटा प्यानल वार्ता सेसन पनि समावेश थिए | खेलकुद र त्यसको वरपर आधारित रहेर गरिएको वार्तालापमा खेलकुद लगाएत विविध क्षेत्रका हस्ती हरुलाई सहभागि […]

February 21, 2016

डिसिएल ३ लाई सगरमाथाको साथ

काठमाण्डौ, फागुन ९ गते आउदो फागुन २२ गतेबाट क्रिकेटको शहर धनगढीमा सुरु हुनेधनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ लाई मुख्य प्रयोजकका रुपमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । आईतबार राजधानीमा आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्यप्रयोजक सगरमाथा सिमेन्ट विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सगरमाथा सिमेन्टले मुख्य प्रयोजक गरेवाफत आयोजकलाई १० लाख रुपैया दिने भएको छ […]

February 21, 2016

छायाँमा परेका राष्ट्रिय टोलीका मेरुदण्ड विक्रम लामा

– सुबास हुमागाईं राष्ट्रिय टोलीले साफमा गरेको प्रदर्शनदेखि सागसम्मको प्रदर्शनसम्म आउँदा विभिन्न खेलाडीका नाम अगाडी आए तर एक खेलाडीको नाम लगातार राम्रो प्रदर्शनका बावजुद कहिल्यै माथि आएन| शरिरमा मेरुदण्डको काम अन्य अंग भन्दा कमै देखिएला तर हरदम मेरुदण्डले आफ्नो काम गरि नै रहेको हुन्छ| यदि मेरुदण्ड नहुने हो भने मान्छे को स्थिति कस्तो हुन्छ त्यसको […]

February 19, 2016

विचार: फुटबल बाहेकका साग स्वर्ण विजेतालाई उचित स्वागत-सम्मान गर्न चुक्नु कसको कमजोरी?

दक्षिण एसियाली खेलकुदमा जम्मा तिन स्वर्ण जितेकोमा पुरुष फुटबल टोलीको स्वागत भव्य रह्यो| पुरुष फुटबलको तुलनामा अर्को स्वर्ण विजेता निमा घर्ति मगरको आगमनमा कसैले वास्ता दिएन भने अर्की स्वर्ण  विजेता फूपु आज नेपाल आउने कार्यक्रम छ| फुटबलमा स्वर्ण जितेलगत्तै अखिल नेपाल फुटबल संघले विजयी खेलाडीहरुलाई नगर परिक्रमा गराउने कार्यक्रम तय गर्यो र त्यसको तयारीमा जुट्यो| […]

Dhurmus Suntali Foundation

February 18, 2016

धुर्मुस-सुन्तलीले गरे साग बिजेता फुटबल टोलीलाई सम्मान

१२औ दक्षिण एसियाली खेल्कुद मा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोली लाई धुर्मुस-सुन्तालीफाउण्डेसनले प्रोत्साहन स्वरुप २ लाख नगद सहित सम्मान गरेका छन्  । फुटबल टोलिलाइ प्रतिनिधि गर्दै प्रतियोगिताको उत्कृस्ट गोलकर्ता नवयुग र टोलिको गोल रक्षक बिकेस कुथुले उक्त सम्मान प्राप्त गरेका थिए । भरात लाइ २-१ गोलले हराउदै नेपालले २३ वर्ष यता पहिलो पल्ट फुटबलमा स्वोर्ण […]

Afeez Manang

February 18, 2016

साहारा पोखरालाई हराउदै मनाङ फाइनल प्रवेश

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले हेटौंडामा जारी कलर्स अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार सहारा क्लब पोखरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । भूकम्पमा परी काठमाडौमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा विहीबार आयोजना गरीएको सेमिफाइनलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले पोखराको सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । […]

February 18, 2016

विजय र्यालीमा बिक्रम र बिमलले समर्थकसंग यसरी खुसि साटे [भिडियो]

सडकमा भएका लाखौं समर्थकलाई हात हल्लाएर र अटोग्राफ दिदैं र्यालीभर खेलाडी हरु व्यस्त रहे| यसैक्रममा राष्ट्रिय टोलीका दुइ सदस्य भने बेला बेलामा राष्ट्रिय भावनाले ओतप्रोत हुने गितको भाका हाल्दै समर्थक हरुलाई हौस्याऊदैं थिए| बिक्रम समर्थकहरुलाई टोलीले जितेको स्वर्ण पदक देखाउँदै नाचिरहेका थिए भने बिमल नेपाल नेपाल भन्दै समर्थक हरुमाझ खुसियाली मनाउदै थिए| हेरौं भिडियो:

Success

Thank you for your time.