March 24, 2016
धनगढी, चैत ११ धनगढी क्रिकेट लिग भाग–३ को उपाधिका लागि सिवाईसी अत्तरिया र चौराहा भिड्ने भएका छन् । दोस्रो क्वालिफायर अन्र्तगत बुधबार भएको खेलमा क्याम्पसरोडलाई दुई पराजित गर्दै चौराहाले उपाधिका लागि सिवाईसी अत्तरियासँगको भेट पक्का गरेको हो । सिवाईसी अत्तरिया यसअघि नै फाइनल पुगिसकेको थियो । प्रतियोगिता अन्तर्गत विहीबार धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भएको […]
March 24, 2016
काठमाडौँ, चैत ११ अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको दुई पक्षीय विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वतन्त्र समिति निर्माण गर्न पहल गर्ने भएको छ । दुईवर्ष देखि एन्फामा विवाद बुझ्न काठमाडौँ आएको एसियाली फुटबल महासंघ (एएफसी)को एक टोलीसँग छलफल गर्दै राखेपले एन्फाको आगामी निर्वाचनसम्मको लागि स्वतन्त्र समिति गठन गर्नुपर्ने राय ब्यक्त गरेको हो […]
March 24, 2016
काठमाडौं, चैत ११ पाकिस्तानको खेल पोशाक तथा सामाग्री उत्पादक कम्पनी बीएस स्पोर्ट्सले नेपाली राष्ट्रिय स्क्वास खेलाडीद्वय अमृत थापा मगर र अराहन्तकेशर सिम्हलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन र बीएसका निर्देशक एम अली बबरले यस सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्तान्क्षर गरे । नेपाली स्क्वासको इतिहासमा कुनैपनि खेलाडीलाई ‘ब्रान्ड […]
March 24, 2016
दिपक बोहोरा ,पाँचथर बैदेशिक रोजगारका कारण गाउ गाउका फुटबल क्लबहरु खेलाडी बिहिन हुदै गएका छन । खेलेर जीबीका चलाउन गाह्रो हुने भएकाले आफ्नो सुन्दर भबिष्यको सपना बुन्दै खेलाडीहरु बिदेश पलायन भए संगै क्लबहरु खेलाडी बिहीन हुदै गएका हुन । देशको कमजोर खेलकुद निति र खेलकुद प्रति राष्ट्रको नजर कम पर्नु खेलाडी पलायन हुनुको मुख्य कारण […]
March 23, 2016
काठमाडौं, चैत १० अखिल नेपाल फुटबल संघ(एन्फा)को आन्तरिक विवाद मिलाउन भन्दै मंगबार नेपाल आएका एसियाली फुटबल महासंघ(एफसी)का पदाधिकारीले एन्फामा देखिएको सबै विवाद मिलाएर छिटो साधरण सभा गराउन अनुरोध गरेको छ । एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सस्थापनसँगको छलफलमा एएफसीका प्रतिनिधिले […]
March 23, 2016
नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्| सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि […]
March 23, 2016
साफ च्याम्पिएनशिपमा राष्ट्रिय टोलीका कप्तान रहेका फरवार्ड अनिल गुरुङ्ग चैत्र १४ गते हुने भनिएको मलेसिया यु-२२ विरुद्धको मैत्रीपूर्ण खेल खेल्ने टोलीको अन्तिम २३मा अटाउन सकेनन्| बंगबंधु गोल्डकपमा सागको तयारीको लागि युवा खेलाडीलाई सामेल गरिएको कारण टोलीमा स्थान बनाउन नसकेका गुरङ्गले अहिले सिनिअर टोलि बनाउदा पनि अन्तिम २३मा स्थान बनाउन नसक्दा धेरै आश्चर्यचकित भए| मनाङ्ग मर्श्यन्ग्दी […]
March 22, 2016
मलेसिया यु२२ विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावलीमा त्रिभुवन आर्मीका फरवार्ड भरत खवास पनि परेका छन्| चोटका कारण साफ च्याम्पियनसिप खेल्ने टोलीमा नअटाएका भरतले बंगबन्धु र सागमा पनि स्थान बनाउन सकेका थिएनन्| घरेलु प्रतियोगितामा आर्मीबाट कप्तानी गर्दै पुरानै लयमा फर्कने प्रयासमा रह्का भरतलाई जापानी प्रशिक्षक ग्योतोकु कोजीले प्रारम्भिक छनोटमा बोलाएका थिए| प्रारम्भिक चरणको छनोटमा […]
March 21, 2016
काठमाडौं, चैत ८ पाँच पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले आफ्नो वरियतामा सुधार गरेकी छन् । मलेसियाको क्वालालम्पुरमा सम्पन्न पर्फेक्ट वल्र्ड टिम टेवलटेनिस च्याम्पियनसिपमा आफ्नो खेलमा सुधार गर्दै वरियातामा पनि सुधार गरेकी हुन् । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघद्वारा प्रकाशित विश्व वरियता सूची भन्दा १४३ वरियतामा उक्लि“दै हालसालै प्रकाशित सूचीमा नवितालेले १३६६ अंकका साथ ४४६औं स्थानमा रहन […]
March 21, 2016
काठमाडौं, चैत ८ आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली यू–१९ क्रिकेट टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार एक कार्य युवा तथा खेलकुद मन्त्रालयले १७ सदस्यीय खेलाडी र ६ अफिसियललाई नगदसहित सम्मानित गरेको हो । सरकारले विश्वकप र छनोटमा टिममा रहेका खेलाडीलाई जनही १ लाख […]