May 4, 2016
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाएर चर्चामा आएका पाँच वर्षका मुर्तजा अहमदी देश छोड्न बाध्य भएका छन् । अपहरणको धम्की लगातार आएपछि मुर्तजा अहमदीको परिवार आफगानिस्तान छोडेर पाकिस्तान छिरेको छ । मुर्तजाले प्लास्टिक ब्यागबाट बनाएको मेस्सीको जर्सी लगाएर खिचेको फोटो भाइरल भए लगत्तै उनि एका एक चर्चामा आएका थिए । अपहरणको धम्कीसहित एक समूहले […]
May 4, 2016
आज राती जर्मनीमा भएको च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखले एट्लिटिकोलाई २-१ले पराजित गरेपनी अवे गोलको फाइदाले स्पेनिश टोली फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो लेगको खेल एट्लिटिकोले १-०ले जितेको थियो । जाभी अलन्सोले गोल गरेपछी स्पष्ट दुइगोलको अन्तरको जित खोज्दै मैदानमा निस्केको बायर्न म्युनिखले खेलको ३१औ मिनटमै आग्रता लिएको […]
May 3, 2016
काठमाडौं, बैशाख २१ गते । जर्मनीको एकर्नफोर्डमा भएको वादो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली कराते खेलाडी सिमोन खत्रीले कांस्य पदक जितेका छन् । अप्रिल ३० तारिखमा भएको प्रतियोगिताको खुला तौलसमूहमा सिमोनले कांस्य जितेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा टाडाको देशबाट सहभागी हुने सिमोन एक्लो खेलाडी हुन् । सिमोन फिलिपिन्सको सान्तोरोसामा भएको तेश्रो निसिमुरा कप अन्तर्राष्ट्रिय […]
May 3, 2016
आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्युनिख र एटलेटिको खेल्दै छन । म्याड्रीडमा भएको पहिलो लेगको खेलमा घरेलु टोलिले म्युनिखलाई १-०ले पराजित गरेको थियो र अब आज म्युनिखमा हुने खेलमा घरेलु टोलीलाई कम्तिमा दुई गोल हान्नै पर्ने दबाब छ । खेल राती १२:३०मा सुरु हुनेछ । पहिलो खेलमा १-०ले पछी परेपछी म्युनिखलाई […]
May 3, 2016
यस सिजनको ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल लेस्टर सिटीका कप्तान वेस मोर्गनले आफ्नो दाहिने हातमा यो सिजनको सफलता दर्साउनकोलागि ट्याटु खोपेका छन र शब्द रहेको छ नेपाली । हो उनले आफ्नो हातमा सफलता लेखेका छन र यो ट्याटु क्लबका फ्यानहरुलाई समर्पण गरेका छन । क्याप्टेन मोर्गनले आफ्नै चार वटा ट्याटु पर्लोर पनि खोलेका छन ।
May 3, 2016
गत सिजनको बिजेता चेल्सीले गएरातिको खेलमा उपाधिको होडमा लेस्टरलाई चुनौती दिरहेको टोटनह्यामलाई २-२को ड्रमा रोकेपछी लेस्टरले ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल भएको छ । अब दुइ खेल मात्र बांकी रहेको अवस्थामा लेस्टरको स्पस्ट ७अंकको आग्रता रहेको छ । ३ खेल बांकिहुँदा जित्ने लक्ष्य लिएर मैदानमा उत्रेको स्पर्स ले खेलको ३५औ र ४५ मिनटमा गोल गर्दौ खेल […]
May 2, 2016
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नुमा राष्ट्रिय खेलकु परिषद् (राखेप) दोष नरहेको सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । आइसिसीले क्यान निलम्बन गरे ठिक एक सातामा सोमबार पत्रकार सम्मेलन गर्दै राखेप सदस्य सचिव विष्टले विवाद समाधानका लागि नयाँ विकल्प अघि सारेका छन् । उनले निर्वाचित क्यानले सर्वोच्च अदालतमा दर्ता गरेको […]
May 2, 2016
आज राती हुने ईंग्लिश लिगको खेलमा चेल्सी र टोटनह्याम खेल्दै छ, ३ खेल बांकी रहेको अवस्थामा आज टोटनह्यामले नजिते लेस्टर सिटीलाई उपाधि मिल्नेछ । लेस्टर भन्दा एक खेल कम खेलेको स्पर्सको ८ अंक कम छ । खेल राती १२:४५मा सुरुहुने छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा खेलिने छ । आजको खेलमा चेल्सीका रेगुलर किपर कोर्तुवाले ब्यानका […]
May 2, 2016
आज राष्ट्रिय खेलकुद परिषदले (राखेप) आइसिसिले क्यानलाई गरेको निलम्बनको बारेमा आफ्नो धाराणा प्रस्तुत गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । प्रेस बिज्ञप्ती यस्तो छ: आदरणीय पत्रकार मित्रहरु, नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु । पत्रकार […]
May 1, 2016
आज बेलुकी हुने इपिएलको खेलमा उपाधिको होडमा आगाडी रहेको लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग खेल्दै छ भने अन्य खेलहरुमा लिभरपुलले स्वान्सी र म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनसँग खेल्दै छ । आज लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग जितेमा २ खेल आगावै लिगको उपाधि जित्ने छ । पछील्लो एक दशकमा सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडपछी लिग जित्ने पहिलो टोलिहुने छ । दोस्रोमा रहेको स्पर्स भन्दा […]