default_image

ताजा समाचारहरु

फटसलमा केइसीका खेलाडी ग्लोबल ‘डि’ विरुद्ध ।

August 12, 2015

सीसीआरसी र केइसीको जित

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले सेन्ट लरेन्सलाई ३–२ तथा केइसीले ग्लोबल कलेज ‘डि’ लाई ७–० को गोलअन्तरले पराजित गरे । अन्य खेलमा ग्लोबल ‘सी’ ले थापाथली क्याम्पसलाई २–१, […]

उपत्यकाव्यापी उमाविस्तरीय डण्डीबियो विजेतालाई ट्रफी प्रदान गर्दै सदस्य–सचिव केशवकुमार विष्ट ।

August 12, 2015

गिनिजलाई डण्डीबियो उपाधि

गिनिज इन्टरनेसनल उमाविले प्रथम उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणमा भएको फाइनलमा जिनिजले ग्लोरी इङलिस बोर्डिङ स्कुललाई ३०४–२३२ अंकले पराजित गर्‍यो । जितमा सजन यादवले सर्वाधिक १०६ अंक योगदान गरे । त्यस्तै देशान्त निरौलाले ६४, महेश टमाटाले ४९, सन्जिव दाहालले ४१ तथा विजय थापाले […]

Binod Das in last match

August 12, 2015

विनोद दासले सियाज कार आज पाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले आज सााझ कार पाउादैछन् । होटल क्राउन प्लाजामा साझ आयोजना हुने कार्यक्रममा विनोदलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कारको सााचो हस्तान्तरण गर्नेछन् । उनले झन्डै ३९ लाख रुपैयाा बराबरको सुजुकीको सियाज कार पाउादैछन् । तर, विनोदले पाउने कारमा नेपाल क्रिकेट संघ […]

विमलासहित नौं खेलाडी सम्मानित

August 12, 2015

विमलासहित नौं खेलाडी सम्मानित

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) गत बर्ष कोरियामा सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाउन सफल करातेकी विमला तामाङसहित नौं खेलाडीले आज राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) का दिन पारेर युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विमलासहितका खेलाडी सम्मानित भएका हुन् । कमलादीस्थित […]

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा […]

August 12, 2015

काठमाडौं लनटेनिसमा मुल

काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई उपाध्यक्ष, निरेश श्रेष्ठलाई सचिव तथा सञ्जय अमात्यालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । मनोज शाह, राजु श्रेष्ठ, हेम गुरुङ तथा प्रवीण वैद्य सदस्यमा चयन भए । […]

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

August 12, 2015

राखेप सदस्यले अब तलब नपाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]

August 12, 2015

स्पानीस क्लब बार्सिलोनाले युइएफए सुपर कपको उपाधि जितेको छ

गएराति राति जर्जियाको राजधानी टबिलिसीमा भएको खेलमा स्पेनको दोस्रो पुरानो क्लब ५–४ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सुपर कपको उपाधि जितेको हो । खेलको तेस्रो मिनेटमा नै एभर बेनेगाले गोल गर्दै सेभिललाई सुरुवाती अग्रता दिलाए का थिए तर सेभीलको अग्रता धेरै समय टिक्न नदिई सातौं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए । १५ […]

भूकम्प पीडितका लागि थप २ टहरा

August 9, 2015

भूकम्प पीडितका लागि थप २ टहरा

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले विभिन्न २ स्थानका भूकम्प पीडित परिवारका लागि थप दुई टहरा निर्माण गरिदिएको छ । भूकम्प पीडित काभ्रपलान्चोकको खरेलथोक वार्ड नं. ३ निवासी पदमनाथ खरेल र भक्तपुरको बाल्कोट निवासी कृष्णलाल दुवा श्रेष्ठका परिवारका लागि टहरा निर्माण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । निर्माण कार्यमा अशोकसहित एनटीएका […]

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

August 9, 2015

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी […]

Success

Thank you for your time.