default_image

ताजा समाचारहरु

May 14, 2016

ला लिगा विजेताको टुंगो आज लाग्ने

आज हुने बार्सिलोना र रियल म्याड्रिडको खेलको नतिजाले स्पेनिश ला लिगा उपाधि कसले उचाल्छ भन्ने टुंगो लाग्नेछ| म्याड्रिडले नेपाली समयानुसार राति ८:४५बजे डेपोर्तिभो ल कोरुनाको सामना गर्दैछ भने सोहि समयमा बार्सिलोनाले ग्रनाडाविरुद्ध आफ्नो अन्तिम खेल खेल्नेछ| अन्तिम खेल बाँकी रहेको स्थितिमा बार्सिलोना ८८ अंक लिएर शिर्ष स्थानमा छ भने रियल म्याड्रिड एक अंक कम बोकेर […]

May 13, 2016

शर्मा निर्विरोध भलिबल संघको अध्यक्ष चुनिए

काठमाडौं– नेतृत्वका लागि यसअघि निकै रस्सा कस्सी चल्दै आएको नेपाल भलिबल संघमा यसपट मुख्य नेतृत्व सर्वसम्मतमा चुनिएको छ । पूर्व अध्यक्ष गंगाबहादुर थापा र निर्वतमान अध्यक्ष दानबहादुर तामाड्ले सर्वसम्मत नेतृत्व लिन चाहेपनि नेकपा एमालेको भातृ सगठनले नेपाल खेलकुद महासंघको पहलमा मनोरञ्जनरमण शर्मा अध्यक्ष चुनिएका छन् । उनी यसअघि संघको उपाध्यक्ष छन् । शर्माको प्यानलबाट महासचिव […]

May 13, 2016

सडन डेथमा एपिएफ पराजित

सडन डेथमा सशस्त्र प्रहरी बलको एपिएफलाई हराउँदै आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सडन डेथको अन्तिममा रुपक लामाको प्रहार बाहिरिएपछि प्रतिष्ठान तेस्रो पटक उपाधि नजिक पुगेका हो । दास्रो संस्करणको विजेता प्रतिष्ठान गत बर्ष उपविजेता बनेको थियो । निर्धारित समयमा १–१ […]

default_image

May 13, 2016

भलिबल संघद्वारा पुर्व प्रशिक्षक, खेलाडी र पत्रकार सम्मानित

नेपाल भलिबल संघको सातौं साधारण सभा तथा केन्द्रिय निर्वाचनको अवसरमा उत्कृष्ट जिल्ला संघ र भलिबलको विकासमा योगदान पु¥याउनेलाई सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)सदस्य सचिव केशब कुमार विष्ट र नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ लगायतले राष्ट्रिय टोलीका पुर्व खेलाडी दुर्ज कुमार राई, प्रशिक्षक एवम पुर्व राष्ट्रिय टोलीका सदस्य कपिल किशोर श्रेष्ठ र खेल […]

May 13, 2016

विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा आनन्द र शान्ता पहिलो

लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डे र नमुना मच्छिन्द्र मावि, लगनखेलकी शान्ता महतले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार स्वर्ण हात पारेका छन् । पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा आनन्द र छात्रामा शान्ता पहिलो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको आंशिक दृष्टिविहीनको छात्र सटपुटमा नमुना मच्छिन्द्रका दीपक सिटौला, पूर्ण दृष्टिविहीनको लङजम्प […]

May 13, 2016

एनएसकेए करातेमा नेपाल च्याम्पियन

नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात पा¥यो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट […]

May 13, 2016

ओडिसी र भ्याली पब्लिकलाई बीएनए कप

ओडिसी इन्टरनेसनल एकेडेमी र भ्याली पब्लिक ‘ए’ ले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ओडिसी जुनियर ब्वाइज तथा भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्समा च्याम्पियन बने । बसुन्धारास्थित आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा ओडिसीले एन्जल्स हार्टलाई ३६–२१ ले पराजित ग¥यो । विजेताका साहिल गुरुङले १२ अंक […]

May 13, 2016

मल्लिका र पुनमलाई स्वर्ण

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]

May 13, 2016

रोनाल्डो र मेस्सीको प्रभुत्व तोड्दै स्वारेज

विगतका सालहरुमा स्पेनिश ला लिगाको उच्च गोलकर्ताको शिर्ष दुइ स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम हुन्थ्यो, तर यो साल लुइस स्वारेजले सो परम्परा तोड्ने लगभग पक्का भएको छ| सिजनको अन्तिम खेल बाँकी रहदासम्म स्वारेजले ३७ गोल गरेका छन् भने रोनाल्डोको नाममा ३३ गोल रहेको छ| लिओनेल मेस्सी २६ गोलसहित तेश्रो स्थान र रियल म्याड्रिडका […]

May 12, 2016

आर्मीको सेमिफाइनल यात्रामा नवयुगको २ गोल

बैशाख ३०- नेपाल आर्मी क्लब उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको सिलगुढी कञ्चनजंगा फुटबल क्लबलाई ४–० गोलमा हराउँदै आर्मी सेमिफाइनल पुगेको हो । आर्मीले अब शनिबार विआरसी भुटानसँग खेल्ने छ । आर्मीको जितमा नवयुग श्रेष्ठले २, भरत खवास र विशाल रानाले समान १–१ गोल गरे । […]

Success

Thank you for your time.