default_image

ताजा समाचारहरु

July 7, 2016

धर्मश्री शारीरिक सुगठन विजेतालाई ५ लाख

काठमाडौं (हाम्रो खेलकुद) – धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता असोजको दोश्रो साता आयोजना हुने भएको छ । शारीरिक सुगठनका अध्येता शहिद धर्म भक्त माथेमाको सम्मानमा २०१० सालमा स्थापित नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा २०४२ साल देखि सुरुवात गरिएको धर्मश्री शारीरिक सुगठन चौधौं धर्मश्रीको रुपमा असोज १३ र १४ गते […]

France Euro cup

July 7, 2016

पोर्चुगलसँग फाइनल खेल्न फ्रान्स र जर्मनी भिड्दै

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा केही समयपछि फ्रान्स र जर्मनी आमने सामने हुँदै छन् । दाबेदार मानिएको इटालीलाई टाइब्रेकरमा पाखा लगाउदै जर्मनीले सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजक फ्रान्स भने आइसल्यान्डमाथि सहज जित हासिल गर्दै जर्मनीसँगको भेट पक्का गरेको थियो । जर्मनी र फ्रान्सबीचको विजेताले पोर्चुगलसँग फाइनल खेल्नेछ । पोर्चुगलले वेल्सलाई २–० ले हराएर […]

cristiano ronaldo record portugal

July 7, 2016

युरो कपमा रोनाल्डोको रेकर्ड

एजेन्सी  , (फ्रान्स) वेल्स बिरुध २-० को जितमा पोर्चुगलकोलागी गोल गरेका क्रीस्टिएनो रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ताको किर्तिमानमा मिसेल प्लाटिनी सङ बराबारी गरेका छन । खेलको ५० औ मिनेटमा हेडर मार्फत गोल गर्दै युरो कपमा ९ गोल बनाउदै उनले प्लाटिनीको रेकर्ड बराबर गरेका हुन । क्रोसियासँग अन्तिम १६ को खेलमा र पोल्याण्डसङ क्वाटर फाइनलमा गोल गर्न चुके […]

July 7, 2016

रोनाल्डोको पोर्चुगल युरोपियन च्याम्प्यिनसिपको फाइनलमा

लियोन(एजेन्सी) क्रिस्टियानो रोनाल्डो र गेराथ बेलमा को उत्कृष्ट हुने भन्ने अनुमानमा रोनाल्डोले बाजी मारेका छन् । रोनाल्डोको उच्च प्रदर्शनबाट प्रेरित पोर्चुगल आज बिहान बेलको वेल्सलाई २-० ले हराउँदै युरोपियन च्याम्प्यिनसिपको फाइनल पुगेको छ । रोनाल्डो र नानीले गोल गरेपछि सन् १९५८ पछि पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको वेल्सको यात्रा टुंगिएको छ । पोर्चुगलले अब फाइनलमा […]

July 6, 2016

मेसीलाई २१ महिने जेल सजाय

बार्सिलोना एवं अर्जेनटिनाका लियोनेल मेसीलाई स्पेनी अदालतले कर छली मुद्दामा २१ महिनाको जेल सजाय सुनाएको छ। सजाय सुनाएपनि स्पपेवको कानुन अनुसार दुई वर्ष भन्दा कम सजाय भएको खण्डमा जरीवाना तिरेर सजाय माफ हुने भएकाले मेसी जेल जानु नपर्ने भएको छ। स्पेनको एक अदालतले मेसीलाई उनको पितासहित कर छलीको मुद्दामा २१ महिनाको लागि जेल पठाउने फैसला गरेको […]

July 6, 2016

युरोको सेमिफाइनलमा बेल र रोनाल्डो आमने सामने

युरो २०१६ अन्तर्गत आज हुने वेल्स र पोर्चुगलबिचको खेलमा रियल म्याड्रिडका ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डो आमने सामने हुदैंछन्। वेल्सका लागि प्रमुख दुइ खेलाडी आरोन र्यामजी र बेन डेभिस अनुपस्थित हुनाले पोर्चुगललाई फाइदा पुग्ने देखिएको ।छ बेल्जियम संगको क्वार्टरफाइनल जितमा प्रतियोगिताको दोश्रो पहेंलो कार्ड खाएका कारण यी दुइ खेलाडी सेमिफाइनलखेल्न बंचित भएका हुन्। उनीहरुको अनुपस्थितिमा […]

July 6, 2016

युरोले उकासेका पाँच युवा स्टारहरु

फ्रान्समा जारि युरो २०१६को सेमिफाइनल चरणसम्म पुग्दा थुप्रै नयाँ खेलाडीले आफ्नो कौशल देखाउने मौका पाए, यिनैमध्ये हाम्रोखेलकुदले पाँच युवा स्टारहरु छानेको छ जसले युरोबाट आफ्नो स्टारको परिचय दिएका छन्। ५. अर्काडीउस्ज मिलिक (पोल्याण्ड) रोबर्ट लेवान्डोस्की पोल्याण्डका लागि चल्न नसकेको अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै मिलिकले युरोपमा आफ्नो परिचय दिए।  मिलिकले प्रतियोगिता अवधिभर एक गोल र एक […]

July 5, 2016

नरेश र सुसनलाई विदेशी क्लबमा खेल्ने मौका

काठमाडौं (हाम्रो खेलकुद) – केही साताअघि नयाँ नेतृत्व पाएको नेपाल क्रिकेट खेलाडी संघले दुई नेपाली खेलाडीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने मौका जुटाएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका नरेश बुढाएर र सुसन भारीलाई वैदेशिक क्लबमा खेल्ने मौका मिलेनको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । संघका महासचिव पारस खड्काले जारी गरेको विज्ञप्ती अनुसार नरेशले क्यानाडाको ब्लुमफिल्ड […]

July 5, 2016

नवयुग पिपुल्स च्वाइस अवार्डका लागि भोटको अपिल गर्दै [भिडियो]

नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले भिडियो संदेश मार्फत आफुलाई भोट गर्न अपिल गरेका छन्। नवयुगले समर्थकहरुलाई सदाझैं आशिर्वाद र मायाको अपेक्षा गरेको र धेरै भन्दा धेरै भोट दिएर विजय बनाउने आशा बोकेको पनि बताएका छन्। नवयुगले बङ्गबन्धु गोल्डकप विजेता […]

July 5, 2016

नेपालले बङ्गलादेशसंग दुइ मैत्रीपूर्ण खेल खेल्ने

नेपालले नोभेम्बरमा हुने सोलिडारिटि कपको तयारीका लागि जुलाई १५ र १७मा बङ्गलादेशसंग दुइ मैत्रीपूर्णखेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघको अधिकारिक वेबसाइटले जनाए अनुसार नेपाली टोलीले दुइ मैत्रीपूर्ण खेल बंगलादेशमा गएर खेल्नेछ। नेपालले यसअघी साफको तयारीको लागि डिसेम्बर १७ तारिखमा खेलेको मैत्रीपूर्ण खेलमा १-०को हार व्येहोरेको थियो भने बङ्गबन्धु कपको खेलमा गोलरहित बराबरी खेलेको […]

Success

Thank you for your time.