default_image

ताजा समाचारहरु

विमलासहित नौं खेलाडी सम्मानित

August 12, 2015

विमलासहित नौं खेलाडी सम्मानित

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) गत बर्ष कोरियामा सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाउन सफल करातेकी विमला तामाङसहित नौं खेलाडीले आज राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) का दिन पारेर युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विमलासहितका खेलाडी सम्मानित भएका हुन् । कमलादीस्थित […]

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

August 12, 2015

वाल क्लाइम्बिङको आधारभूत तालिम सुरु

पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालय तहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संघका महासचिव मेघराज पौडेलले जानकारी गराए । विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको तालिममा ८४ छात्र र ७६ छात्रा गरी जम्मा […]

August 12, 2015

काठमाडौं लनटेनिसमा मुल

काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई उपाध्यक्ष, निरेश श्रेष्ठलाई सचिव तथा सञ्जय अमात्यालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । मनोज शाह, राजु श्रेष्ठ, हेम गुरुङ तथा प्रवीण वैद्य सदस्यमा चयन भए । […]

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

August 12, 2015

राखेप सदस्यले अब तलब नपाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]

August 12, 2015

स्पानीस क्लब बार्सिलोनाले युइएफए सुपर कपको उपाधि जितेको छ

गएराति राति जर्जियाको राजधानी टबिलिसीमा भएको खेलमा स्पेनको दोस्रो पुरानो क्लब ५–४ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सुपर कपको उपाधि जितेको हो । खेलको तेस्रो मिनेटमा नै एभर बेनेगाले गोल गर्दै सेभिललाई सुरुवाती अग्रता दिलाए का थिए तर सेभीलको अग्रता धेरै समय टिक्न नदिई सातौं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए । १५ […]

भूकम्प पीडितका लागि थप २ टहरा

August 9, 2015

भूकम्प पीडितका लागि थप २ टहरा

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले विभिन्न २ स्थानका भूकम्प पीडित परिवारका लागि थप दुई टहरा निर्माण गरिदिएको छ । भूकम्प पीडित काभ्रपलान्चोकको खरेलथोक वार्ड नं. ३ निवासी पदमनाथ खरेल र भक्तपुरको बाल्कोट निवासी कृष्णलाल दुवा श्रेष्ठका परिवारका लागि टहरा निर्माण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । निर्माण कार्यमा अशोकसहित एनटीएका […]

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

August 9, 2015

प्युटारका भूकम्प पीडितलाई जस्तापाता

ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् । महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी […]

वादोकाइ टोली जापान प्रस्थान

August 9, 2015

वादोकाइ टोली जापान प्रस्थान

काठमाडौं, साउन २४ गते । वादोकाइ कराते डो विश्व कपमा सहभागी हुन नेपाली वादोकाइ टोली आइतबार जापानको नागोया प्रस्थान गरेको छ । अगष्ट १५ देखि १८ तारिखसम्म हुने विश्व कपमा पुरुषको ६० केजीमुनि निरज महर्जन, ८० केजीमुनि राजेन्द्र ठक्कु मल्ल तथा ७५ केजीमुनि किरण डंगोलले प्रतिस्पर्धा गर्नेछन् । किरण भने हाल जापानमै रहेकाले उनी त्यतैबाट सहभागी […]

तेक्वान्दोको बार्षिक साधारण सभा

August 8, 2015

तेक्वान्दोको बार्षिक साधारण सभा

नेपाल तेक्वान्दो संघको बार्षिक साधारण सभा पोखरामा भएको छ । प्रत्येक बर्ष राष्ट्रिय संघहरुले आफ्नो बार्षिक गतिविधीलाई प्रस्तुत गर्ने क्रममा यो साधारण सभा आयोजना गरिएको हो । साधारण सभामा महासचिव दीपराज गुुरुङले बार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै जिल्लाका प्रतिनिधीहरुले आफना जिल्लाको प्रतिवेदन पेश गर्नुका साथै महासचिवको प्रतिवेदनमा छलफल गरेका थिए । राष्ट्र संघियता […]

एकेडेमीको दिगो व्यावस्थापनको लागि सहयोग गर्छु–विष्ट

August 8, 2015

एकेडेमीको दिगो व्यावस्थापनको लागि सहयोग गर्छु–विष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सहारा एकेडेमीको दिगो व्याबस्थापनको लागि सहयोग गर्ने बताएका छन । शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीको अवलोकन गरी एकेडेमीमा रहेका वालहरुसंग भेटघाट समेत गरी निजि क्षेत्रबाट खेलकुदको लागि उक्त एकेडेमि स्थापना भएको प्रशंसा गर्दै दिगो रुपमा संचालनको लागि सहयोग गर्ने वचन दिएका हुन । क्लवका अध्यक्ष विरभद्र […]

Success

Thank you for your time.