August 13, 2016
नवप्रवेशी टिम हल सिटीले प्रिमियर लिग च्याम्पिएन टोलि लेस्टर सितिलाई २-१ले हराऊँदै इन्ग्लिश प्रिमिएर लिगको नया सिजनको सुरुवात गरेको छ। दिनको पहिलो खेलमा हलले अबेल हर्नान्डेजको गोलको मद्दतले अग्रता लिएको थियो भने लेस्टरले बराबरी पनि फर्काएको थियो। तर रोबर्ट स्नोडग्रासले घरेलु टोलीलाई दोश्रो हाफमा गोल गर्दै जित दिलाए। दिनको अन्य खेलमा उपाधिको दाबेदार म्यानचेस्टर सिटि […]
August 13, 2016
नेदरल्यान्ड्सविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ। पहिलो ब्याटिङ्ग गरेको नेपालले ब्याट्सम्यानको खराब प्रदर्शनका कारण ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै इनिङ समाप्त पारेको थियो। ९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले जम्मा १६.५ ओभरमा २ विकेट गुमाएर जित हात पार्यो। नेपालका लागि ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए। […]
August 13, 2016
लियोनेल मेस्सीले कोपा अमेरिका सकिएलगत्तै अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन्। आगामी महिना उरुग्वे र भनेजुएलामा हुने विश्वकप २०१८को छनोट चरणको खेलका लागि नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले मेस्सीलाई टोलीमा सामेल गरेका हुन्। मेस्सी आफैंले पनि सन्यास फिर्ता लिएको स्विकारेका छन्। सो टोलीमा हालै युभेन्टस पुगेका गोन्जालो हिगुएनको भने नाम छैन। उनकै नयाँ टोलीका समकक्षी […]
August 13, 2016
ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत १५००मि दौडमा नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा नेपाली समयअनुसार शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। भट्टराईले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ […]
August 12, 2016
युभेन्टसबाट बिश्व रेकर्ड शुल्कमा म्यान्चेस्टर युनाइटेड आएका पौल पोग्बा इङ्लिश प्रिमियर लिगको पहिको खेल खेल्न नपाउने कुरा स्काइ स्पोर्ट्सले जनाएको छ । अघिल्लो सिजनको इटालियन कोपा इटालियामा दुइ पहेलो कार्ड पाएका पोग्बाको सजाय इटाली देखी इङ्ल्याण्ड सम्म लागू हुने भएको कारण उनले युनाइटेडको पहिलो खेल पाउने छैनन । यसकारण पोग्बाले युनाइटेडमा आएपछी आफ्नो पहिलो खेल साउथह्याम्टम सँग […]
August 11, 2016
नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी […]
August 11, 2016
ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक– २०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार प्रस्थान गर्दैछ । तेक्वान्दो अगष्ट १७ देखि २० तारिख सञ्चालन हुनेछ । त्यसमा निशा रावलले ६७ केजीमाथि तौलसमूहमा अगष्ट २० तारिखमा प्रतिस्पर्धा गर्नेछिन् । तेक्वान्दोमा छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी पहिलो नेपाली खेलाडी संगीना वैद्य निशाको प्रशिक्षकको रुपमा […]
August 11, 2016
आफ्नो पहिलो दुइ खेलमा संघर्ष गरेको ब्राजिल जित्नै पर्ने खेलमा डेनमार्कलाई ४-० ले हराउदै ओलम्पिक फुटबलमा पुरुष तर्फबाट क्वाटर फाइनल पुगेको छ। पहिलो दुइ खेलमा इराक र दक्षिण अफ्रिकासँग गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नै पर्ने दबाब थियो । ४-० को हार बेवोरे पनि डेनमार्क पनि समुह उपबिजेता हुँदै अर्को चराण पुगेको छ । ब्राजिलको जितमा ज्ञाबियोलले २ गोल […]
August 10, 2016
काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको […]
August 10, 2016
भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको के ४२ क्याटगोरीअन्तर्गत पुरुष ५५ केजीमा नेपालका सोमबहादुर सुनुवारले नेपाललाई स्वर्ण दिलाए । पहिलो खेलमा इरानका अब्दुल खालिदलाई ७–४ ले पराजित गर्दै सोमले भारतका सोमित भर्डोजसंग उपाधि भिडन्त पक्का गरेका थिए । निर्धारित समयको फाइनल […]