default_image

ताजा समाचारहरु

messi-training

October 14, 2016

मेस्सी फिट हुँदै , अर्को खेलमा फर्किन सक्ने

अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ला लिगाको अर्को खेलमा डिपोर्टिभो बिरुद्ध मैदानमा उत्रन सक्ने छन । सेप्टेमबरमा एथ्लेटिको म्याड्रीड बिरुद्ध खेल्दा इन्जुरिका कारण मैदान बाहिर निस्कन बाध्य मेस्सिले यस साता देखी हलका प्रशिक्षणमा फर्केका थिए । ग्रोइन इन्जुरिका कराण बाहिर रहेका मेस्सी करिब ३ साता पछी प्रशिक्षणमा फर्केका हुन । बार्सिलोनाले शनिबार क्याम्प नोमा डेपोर्टिभोलाइ निम्त्याउदै छ, तर […]

October 13, 2016

पाकिस्तानी खेलाडीको कार दुर्घटनामा निधन

हाम्रो खेलकुद – पाकिस्तानको महिला राष्ट्रिय टोलीकी फरवार्ड शाल्याला अहमदजाइ बलोचको बुधबार राति कराचीमा कार दुर्घटनामा परि निधन भएको छ। कारले बाटो छेउमा रहेको पोललाई ठक्कर दिएपछि बलोचको घटनास्थलमै मृत्यु भएको थियो। कारको चालकलाइ आवश्यक छानबिनका लागि गिरफ्तार गरिएको प्रहरीले बताएको छ। २० बर्षीय बलोच बलोचिस्तान फुटबल टोलीबाट पनि खेल्ने गर्थिन। बलोचकी दिदि रहिला जर्माइन […]

October 13, 2016

सेल्फीमा रमाऊँदै खेलाडीहरु [फोटो फिचर]

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले बिहिबार दोश्रो जित दर्ता गर्यो। पहिलो र दोश्रो खेलमा पराजय भोगेको नेपालले तेश्रो खेलमा चीनलाई २० रनले हराएको थियो। भने आज भएको खेलमा आयोजक हंगकंगलाई ६ रनले हरायो। अब बाँकी दुइ खेल जितेको खण्डमा नेपाल विश्वकपको लागि छनोट हुनेछ। आजको जित पश्चात […]

October 13, 2016

महिला विश्वकप छनोटमा नेपालको अर्को जित, करुणाको भूमिका महत्वपूर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमा जारी आइसिसी महिला विश्वकप छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । करुणा भण्डारीको प्रदर्शनबाट प्रेरित नेपालले बिहीबार आयोजक हङकङलाई ६ रनले हराउँदै विश्वकप छनोटको सम्भावना जीवित राखेको छ । यसअघि नेपालले चीनमाथि जित हासिल गरेको थियो । त्यसअघिका दुई खेलमा नेपाल हङकङ र थाइल्यान्डसँग पराजित भएको थियो । […]

October 13, 2016

मेस्सीबिना अर्जेन्टिनाको विश्वकप २०१८ पुग्ने लक्ष्य पातलिँदै

हाम्रो खेलकुद – विश्वकप २०१८ अन्तर्गत छनोट चरणको खेलहरुमा मेस्सीबिना खेलेको खेलमा अर्जेन्टिनाको प्रदर्शन खस्किदै गएको छ। छनोट चरण अन्तर्गत अर्जेन्टिनाले खेलेको दश खेल मध्य मेस्सिले तिन खेल खेलेका छन्। मेस्सिले खेलेको तिनओटै खेलमा अर्जेन्टिनाले जित हात पर्न सफल भएको छ। मेस्सी नखेलेको बाँकी सात खेलमा भने एकमात्र जित हासिल गर्न सकेको छ। अर्जेन्टिनाले छनोट […]

October 13, 2016

वार्नरको १७३ले अष्ट्रेलियाको लज्जास्पद हार टरेन

हाम्रो खेलकुद – अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दोश्रो पारिमा १७३ रन बनाएपनि दक्षिण अफ्रीकाले वन डे सिरिजमा ५-०को जित हासिल गरेको छ। पहिलो ब्याटिङ्ग गरेर अष्ट्रेलियासामु ३२८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको दक्षिण अफ्रिकाले पहिलोपटक अष्ट्रेलियालाइ सिरिज व्हाइटवास गरेको हो। दक्षिण अफ्रिकाको लागि राइली रुसोले शतक प्रहार गरेका थिए भने जेपी ड्युमिनीले ७३ रन प्रहार […]

October 13, 2016

नेपाल आज हंगकंग संग पुन: भिड्दै

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले बिहिबार हंगकंग संग खेल्दैछ। नेपालले प्रतियोगितामा खेलेको तिन खेलमध्ये एकमा मात्र जित हात पारेको छ। चीनसँग २० रनले विजय भएको नेपालले सुरुका दुइ खेल हंगकंग र थाईल्याण्डसंग पराजित भएको थियो। दोश्रो चरणको खेल अन्तर्गत आज नेपालले हंगकंगसंग खेल्नेछ भने भोलि थाईल्याण्डसंग भिड्नेछ। […]

October 12, 2016

महिला क्रिकेटमा नेपालको पहिलो जित

हाम्रो खेलकुद – हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत नेपालले पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा चिनलाइ २० रनले हराउदै नेपालले प्रतियोगिताको पहिलो विजय हासिल गरेको हो। पहिलो खेलमा आयोजक हंगकंग र दोश्रोमा थाईल्याण्डसंग पराजित भएको नेपालले राम्रो प्रदर्शन  गरेको थियो। पहिलो ब्याटिङ्ग गरेर नेपालले निर्धारित २० ओभरमा ९५ रन […]

October 12, 2016

मेस्सीबिना अर्जेन्टिनाको अर्को हार

हाम्रो खेलकुद – विश्वकप २०१८ को छनोट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिना पराग्वेसंग १-०ले पराजित भएको छ। लिओनेल मेस्सी अनुपस्थित हुँदा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन। गोन्जालो हिगुएन, सर्जियो अगुएरो, एन्जल डी मारिया, आदि स्टार खेलाडी हुँदा पनि अर्जेन्टिनाले जित आत्मसात गर्न असमर्थ रह्यो। पाराग्वेका लागि गोन्जालेजले १८औं मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो। […]

October 11, 2016

बेल्जियमबाट सात सेकेण्डमै गोल [भिडियोसहित]

हाम्रो खेलकुद – बेल्जियमका क्रिस्टियन बेन्टेकेले सोमबार राति भएको विश्वकप छनोट चरणको खेलमा सात सेकेण्डमै गोल गरेर नयाँ रेकर्ड कायम गरेका छन्। जिब्रालटार र बेल्जियमबिच भएको खेलको सातौं सेकेण्डमै बेन्टेकेले गोल गरेका थिए। जिब्रालटारको खेलाडीले बिचबाट बल चलाउने बितिक्कै उनले बल चोरेर बक्सतर्फ बढि गोल गरेका थिए। सो खेल बेल्जियमले ६-०को फराकिलो अन्तरले जितेको थियो। […]

Success

Thank you for your time.