October 15, 2016
हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटि र एभर्टनले १-१को बराबरी खेलेका छन्। खेलको दौरान म्यानचेस्टर सिटीको दुइ पेनाल्टी एभर्टनक गोलरक्षक मार्टिन स्टेकलेन्बर्गले रोकेका थिए। ४३औं मिनेटमा केभिन डे ब्रुएनले प्रहर गरेको पेनाल्टी रोकेर मार्टिनले खेल ०-०मा रोकेका थिए । रोमेलु लुकाकुले ६४औं मिनेटमा गोल गर्दै एभर्टनलाई १-०ले अगाडी बढाएका […]
October 15, 2016
तीन हप्ताको इन्जुरी पछी मैदानमा फर्केका लियोनल मेस्सीले बार्सिलोनाको जितमा गोल गरेका छन । नोउ क्याम्पमा बार्सिलोनाले डिपोर्टिभो बिरुद्द ४-० को जित दर्ता गरेको छ । बर्सिलोनाको जितमा राफिनाले २, लुइस स्वारेजले १ र मेस्सिले १ गोल गरे । ग्रोइन इन्जुरिका कारण करिब ३ साता बाहिर रहेका मेस्सिले मैदान प्रवेश गरेको २ मिनेटमा गोल गरे […]
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार चीनसँग अन्तिम खेल खेलेको थियो । सो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई हराएपछि नेपाल छनोटमा दोस्रो भएको थियो । जसका कारण नेपालले थाइल्यान्डमा नोभेम्बर र डिसेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने भएको छ । चीनसँगको खेलका दौरान, […]
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल भएपनि नेपाल एसिया कप खेल्न पाउने भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा शनिबार थाइल्यान्डले हङकङलाई ७ विकेटले हराएपछि नेपाल छनोटको दोस्रो स्थानमा रह्यो र एसिया कप खेल्ने मौका पाउने भएको हो । थाइल्यान्डले हहङकङलाई हराउनु अघि नेपालले चीनलाई ४ विकेटले […]
October 15, 2016
नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ। उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा […]
October 15, 2016
हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको […]
October 15, 2016
हाम्रो खेलकुद – नेपालले हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्यो। जितसंगै नेपालले अंक तालिकामा ६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिन सफल भयो। आज हुने दोश्रो खेलमा थाईल्याण्डले हंगकंगलाइ हराएको खण्डमा नेपालले दोश्रो स्थनमा रहेर प्रतियोगिता टुंग्याउने छ। वुमन्स एसिया कप क्रिकेट २०१६मा थाईल्याण्डमा आयोजना हुने […]
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले हराएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको थियो । चीनलाई पहिलो खेलमा पनि नेपालले हराएको थियो । पूर्व कप्तान नेरी थापा र सीता मगरको ब्याटिङमा नेपालले लक्ष्य प्राप्त गरेको […]
October 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ८६ रनको लक्ष्य पछइरहेको छ । शनिबार टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले […]
October 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता […]