default_image

ताजा समाचारहरु

nepal fixing players

December 4, 2015

एएफसिद्वरा सागर लगायत अन्य आरोपीलाई आजीवन प्रतिबन्ध

खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको छ । अब उनीहरु फुटबलको कुनै गतिविधिमा संलग्न हुन पाउने छैनन् । एएफसीको अनुसासनसमितको शुक्रबार बसकेको बैठकले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाली खेलाडीहरुको साथै एक ताजिकिस्तानी रेफ्री पनि आजीवन प्रतिबन्धमा परेका छन । म्याच फिक्सिङको आरोपमा असोज […]

Nabin Neupane

December 4, 2015

कान्जिरोवाको विजयी सुरुआत

कान्जिरोवाले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । कान्जिरोवाले ह्वाइटहाउस इन्टरनेसनल कलेज ‘ए’ लाई ६–४ गोल अन्तरले पराजित गर्‍यो  । ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेसनल कलेजले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलाई ११–३ तथा सिल्भर माउन्टेन इन्टरनेसनल कलेजले किङ्स कलेजलाई ८–५ ले हराए । प्रतियोगिताको फुटबलर नवीन न्यौपानेले […]

Puspender

December 4, 2015

पुष्पेन्द्र र चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

काठमाडौं धनुषाका पुष्पेन्द्रकुमार गोईत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषको लङजम्पमा पुष्पेन्द्रले ७.०९ मिटर छलाङ लगाउदै कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको कीर्तिमान भंग गरे । कृष्णले सन् १९९९ […]

volleyball women

December 3, 2015

शेर बहादुर स्मृति भलिबल : न्युडायमण्ड र एपीएफ उपाधि नजिक

न्युडायमण्ड एकेडेमी र एपीएफ क्लब प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपमा उपाधि नजिक पुगेका छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्युडायमण्डले पुलिसलाई २५–१८,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । उत्कृष्ट खेल प्रर्दशन गरेकी न्युडायमण्डकी प्रतिभा माली वमन अफ दी म्याच भईन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतिभालाई […]

December 3, 2015

रुजेशको भब्य स्वागत

सातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनमा ऐतिहासिक सफलता प्राप्त गरेका रुजेश शाहीलाई बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो । मंसिर ८ देखि १४ गतेसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमा रुजेशले रजत जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेका थिए । उनले प्रतिस्पर्धा गरेको तौलसमूहमा ९ […]

December 3, 2015

ज्याभ्लिनमा चन्द्रकलाको नयाा राष्ट्रिय कीर्तिमान

नेपाल प्रहरीकी चन्द्रकला लामगादेले महिलाको ज्याभ्लिन थ्रोमा बिहीबार नयाा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै नयाा कीर्तिमान रचेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो । एपीएफ क्लबकी सीमाले गत भदौमा […]

December 3, 2015

मन्त्रालय र राष्ट्रिय संघबिच अन्तरकृया

१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र प्रतियोगितामा सहभागि हुने २३ खेलका राष्ट्रिय संघको पदाधिकारी विच मन्त्रालयमा बिहिबार अन्तरकृया भयो । युवा तथा खेलकुद ्मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सागमा पदकको सम्भाब्यता, तयारी, आवश्यकता र कमिकमजोरीको बारेमा छलफल भएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरुले पदकको सम्भावना हुंदा […]

December 3, 2015

उमा कुङफु टोली भारत प्रस्थान

आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बिहीबार भारतको नयाा दिल्लीमा प्रस्थान गरेको छ | डिसेम्बर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा श्रृष्टि श्रेष्ठ, युक्ता युवा, श्रद्धा सुब्बा, मन्जिता तामाङ, सूर्य लामा, नवीनबहादुर सारु, मदन विश्वकर्मा, विकास लामा, लक्ष्मण चौलागाईं, राम चौलागाईं, सागर तामाङ, यज्ञराज घले, चिराग पौडेल, राम नेपाली तथा […]

December 2, 2015

थापालाई तत्काल छुट्टै कारवाही गर्दैनौं – एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफाले कारवाही गरेका एन्फा अध्यक्षलाई एन्फाले तत्काल कारवाही नगर्ने बताएका छन्| एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले थापाको कारवाहीको प्रक्रिया पुरा भैनसकेको र अपिल गर्ने विकल्प खुलै रहेको बताए| तर यदि अपिल गरेको अवस्थामा थापाको विपक्षमा निर्णय आए थापा आफैंले राजिनामा दिनेमा आफु विश्वोश्त […]

December 2, 2015

कुक र डी भिलिएर्सको कप्तानीमा रहेका आईसीसी वर्ष टिम घोषणा

मंसिर १६, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इंगल्याण्डका कप्तान एलिष्टर कुकको नेतृत्वमा वर्ष टेष्ट टिम घोषणा गरेको छ| चौथोपल्ट टेष्ट टोलीमा पर्न सफल रहेका कुक सर्वाधिक रन बनाउने लिष्टको शिर्ष स्थानमा छन्। दोस्रोपल्ट कप्तानीको अवसर पाएका कुक संगै इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जो रुट पनि टिममा सामेल छन्| इंग्ल्यान्डका तिन खेलाडी संगै अष्ट्रेलियाका टेष्ट […]

Success

Thank you for your time.