November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ । नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष÷महिला खेलाडीले भाग लिने छन् । पुरुषको ६२ केजीमा प्रकाश केसी सहभागी हुनेछन् । कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन् । […]
November 6, 2016
काठमाडौं(हाम्रो खेलकुद) – आयोजक नेपाल आर्मी क्लब प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलको सेमिफाइनल पुगेको छ । आर्मीले लगनखेलस्थित घरेलु मैदानमा भारत सिक्किमको टोलीलाई ४–० ले हरायो । आइतबार आर्मीको जितमा दीपा अधिकारी, दीपा राई, शर्मिला थापा मगर र इन्दिरा राईले गोल गरे । दीपा अधिकारीले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा दीपा राईले […]
November 6, 2016
हेटौंडा (हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले अर्को महिना आयोजना गर्ने व्यापार महोत्सवसँगै विभिन्न खेल सम्मिलित राष्ट्रिय खेलकुद पनि आयोजना गर्ने भएको छ । हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलकुदतर्फ म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लब र ढोरपाटन क्लबबीच मैत्रीपूर्ण भलिबल खेल सञ्चालन […]
November 6, 2016
रियल मड्रीडले लेगानेस बिरुद्ध ३-० को सहज जित निकाल्दै शिर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । ला लिगाको खेलमा ज्ञारेथ बेलको दुइ गोलको मद्धतले मड्रीडले ३-० को जित दर्ता गरेको हो । अघिल्लो हपता मड्रीडसँगको सम्झौता बढाएका बेलले लेगानेससङ पहिलो हाल्फमा दुइ गोल गर्दै मड्रीडको जित सहज बनाएका थिए । खेलको ३८ औ मिनेटमा गोल […]
November 6, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो । मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने […]
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काको नेतृत्व रहेको नेपाली राइनोज क्रिकेट क्लब अमेरिकाको टेक्ससमा शनिबार भएको च्यारिटी क्रिकेटमा पञ्जाव लायन्ससँग १७ रनले पराजित भएको थियो । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ८ विकेटको क्षेतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस र विकेट किपर सुवास […]
November 6, 2016
च्याम्पियन्स लिगमा २-० को अग्रता गुमाउदै लेगिया वार्सवसङ ३-३ को बराबरी खेलेको मड्रीडको मुख्य चासो डिफेन्समा हुनेछ । मड्रीडको २७ खेलमा हार बिनाको प्रदर्शन र ला लिगामा २ अंकको अग्रता बावजुद जिदानको ध्यान डिफेन्समा रहनेछ । पछील्लो १० खेलमा क्लिन सिट जम्मा गर्न नसक्दा १६ स्थामा रहेको लेगानेस बिरुद्ध क्लिन सिट बटुल्दै जिदान एल क्लासिको […]
November 6, 2016
म्यान्चेस्टर सिटिसँगको च्याम्पियन्स लिगको पराजय पछी बार्सिलोना ला लिगामा सेभिल्लको चुनौतिको सामना गर्दैछ । ला लिगाको अंक तालिकामा रियल म्याड्रीड भन्दा २ अंक तल दोस्रो स्थामा रहेको बार्सिलोना जित्दै ३ अंक बटुल्ने दाउमा रहने छ । त्यस्तै बार्सिलोनालाई आफ्नु घरेलु मैदानमा निम्त्याउद सेभिल्ला बार्सिलोनाको अस्थिरताको सदुपायोग गर्ने दाउमा रहनेछ । बार्सिलोना भन्दा २ अंकले पछी परेको सेभिल्ला […]
November 6, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत टिमोर संग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेको खेलाडीहरुले हल्का प्रशिक्षण गरेका थिए भने बाँकी खेलाडीहरुले पूर्ण प्रशिक्षणमा भाग लिएका थिए। हेर्नुहोस फोटो फिचर:
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका टेक्निकल कोर्ष सुरु भएको छ । युसिआइका विज्ञ डेविडले कोर्षमा एक सयम सैद्धान्तिक र एक समय व्यवहारिक ज्ञान दिनेछन् । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोर्षमा विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका २२ प्रशिक्षकले प्रशिक्षणमा भाग लिएका […]