default_image

ताजा समाचारहरु

January 30, 2016

नेपालका सन्दिप लामिछानेको ह्याट्रिक

काठमाडौं, माघ १६ । बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत आयरल्याण्डविरुद्वको खेलमा नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले ह्याट्रिक गरेका छन् । बंगलादेशको फतुल्लाहमा चलिरहेको खेलमा अहिलेसम्म पाँच विकेट लिएका लामिछानेले लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा […]

aaha rara

January 30, 2016

आहा! रारा – फाइनलमा आज मनाङ र आर्मी भिड्दै

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पारेको लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप को उपाधी जित्न आज विभागीय टोली आर्मी सँग भिड्दै छ  । सेमी फाइनलमा आयोजक साहारालाई हराउदै फाइनल प्रवेश गरेको आर्मीले यस अघी जावलाखेल र थ्री स्टारलाई हराएको थियो । त्यसै गरी मनाङ ले भने गोर्खा बृगेड र झापा ११ […]

January 29, 2016

विकास अगाडि

काठमाडौं, माघ १५ । प्रथम पूर्व नेपाल च्याम्पियन विकासमान लामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालतर्फ दोश्रो चरणको खेल सकिँदा शुक्रबार शीर्ष स्थानमा छन् । नेपाल विद्युत प्राधिकरणका विकासको २ अंक छ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालद्वारा आयोजित प्रतियोगितामा समान २ अंकसाथ नागरिक उड्डयन प्राधिकरणका गोपालबहादुर डंगोल विकाससंगै शीर्ष स्थानमा […]

January 29, 2016

ओडिसी र ग्रिनल्यान्डको विजयी सुरुआत

काठमाडौं, माघ १५ । आयोजक ओडिसी इन्टरनेसनल एकेडेमी र ग्रिनल्यान्डले आठौं ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् । धापासीस्थित घरेलु कोर्टमा ओडिसीले नोब्सलाई २१–१५ ले पराजित ग¥यो । ओडिसीका विशाल राईले ६ अंक जोडे । रोशन आलेमगरको ६ अंक सहयोगमा ग्रिनल्यान्डले मन्जरीलाई १३–४ ले हरायो । जुनियर ब्वाइजमै बीएनएले सेबलाई […]

January 29, 2016

प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि शाहाष र फुन्जुलाई

काठमाडौं, माघ १५ । शाहाषराम श्रेष्ठ र फुन्जु लामाले प्रथम राष्ट्रिय स्की च्याम्पियनशिपको उपाधि बिहिवार जितेका छन् । रसुवाको लाङटाङ स्थित क्यान्जिङ भ्यालीमा संचालन भएको अल्पाईन स्कीमा पुरुषतर्फ शाहष र महिलातर्फ फुन्जु च्याम्पियन बनेका हुन् । नेपाल स्की संघको आयोजना तथा मनोकामना केवल कारको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिताको अल्पाईन स्कीको पुरुषतर्फ नाम्चेका छिरिङ शेर्पा […]

January 28, 2016

‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फागुनमा

काठमाडौं, माघ १४  खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा ‘कलर्स मोबाइल हेटौडा अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई कलर्स मोबाइलले मुख्य तथा टाटासुमो गोल्डले पावर वाईको भुमिकामा साथ दिएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका ए डिभिजनका पाँच, भारत र भुटानको एक–एक […]

Manang Marsyangdi

January 28, 2016

आहा! रारा: अफिजको ह्याट्रिकले मनाङ्ग फाइनलमा

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]

default_image

January 28, 2016

सार्वजनिक संस्थान खेलकुद भोलिदेखि

काठमाडौं, माघ १४ । सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ […]

January 28, 2016

बंगबन्धु विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको सम्मान

काठमाडौं, माघ १४ बंगबन्धु गोल्डकप विजयी गराउने राष्ट्रिय टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीवार बालुवाटारस्थित आफ्नै निवासमा बोलाएर सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई जनही २–२ लाख रुपैयाँ प्रदान गरिने बताए । बंगबन्धु कपमा पाएको सफलताले नेपाली फुटबल टोली जितको […]

January 28, 2016

विश्वकप क्रिकेटमा नेपालको विजयी सुरुआत

काठमाडौं, माघ १४ बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड नेपालका स्पिनरहरु चम्केपछि धराशयी बनेको न्यूजिल्याण्ड ४७.१ ओभरमा २०६ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र […]

Success

Thank you for your time.