default_image

ताजा समाचारहरु

February 12, 2016

रोहित चन्द चोटका कारण यो सिजन नखेल्ने

भर्खरै मात्र मलेसियाली क्लब टि-टिममा आवद्ध भएका रोहित घुँडाको चोटका कारण यो सिजन खेल्ने-नखेल्ने अनिश्चित भएको छ । ए.सि.एल इन्जुरीका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले रोहितले यो सिजन गुमाउने सम्भावना उच्च छ । रोहितले गत महिना क्लबका लागि विभिन्न मैत्रिपुर्ण खेल र प्लेअफको खेलमा पुरै ९० मिनेट खेलेका थिए। उनको अनुपस्थितिमा टोलीको पहिलो सुपर लिग यात्रामा […]

bansbari

February 12, 2016

नेपाली क्लब र युरोपीयन क्लब बिच सहकार्य सुरु

बाँसबारी फुटबल क्लब र इटालीको चौथो डिभिजन क्लब जि.एस्.मोन्टानासो बिच सहकार्य सुरु भएको छ  ।सहकार्यको सुरुवातमा मोन्टानासो क्लबले बाँसबारी क्लबलाई विभिन्न फुटबल खेल सामाग्री प्रदान गरेको छ। क्लबका प्रतिनिधिले यो नेपालमा नेै पहिलोचोटि भएको र यसले क्लबलाई मात्र नभएर सम्पुर्ण नेपाली फुटबललाई टेवा पुग्ने बताए ।

Nirajnaj

February 12, 2016

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआइपिएस) एसियाको कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका छन् । बहराइनमा शुक्रबार भएको निर्वाचनबाट राजवंशी कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वारोध चुनिएका बहराइनबाट मञ्चका अध्यक्ष अजय फुयालले जानकारी दिएका छन् । सदस्यमा भने निर्वाचन भएको थियो । राजवंशी यसअघि सदस्य थिए । मञ्चको तीन कार्याकाल अध्यक्ष […]

Suman Smriti

February 12, 2016

सुमन भोम्जन स्मृति हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप तयारी पूरा

हेटौंडा, २९ माघ आज फागुन १ गतेदेखि ८ गतेसम्म हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल–२०७२ को तयारी करिब पूरा भएको छ । सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी सम्पन्न भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै घरेलु टोलीको अन्तिम सूची पनि सार्वजनिक गरेको […]

February 12, 2016

माल्दिभ्सविरुद्वको खेल फाइनल सरहकै

गुहावटी, माघ २९ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपाली पुरुष फुटबल टिमले शनिबार फाइनल प्रवेशका लागि माल्दिभ्ससँग खेल्दैछ ।  खेल नेपाली समयअनुसार साँझ सवा सात बजेपछि नेशरु स्टेडियममा हुनेछ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले […]

Binod Das

February 12, 2016

प्रशिक्षक टमाटा र विनोद दासको पुतला दहन

चितवन, नारायणी अनलाईन वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका विद्यार्थीहरुले १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र सहायक प्रशिक्ष विनोद दासको पुत्ला जलाएका छन् । बंगलादेशमा भएको यु १९ विश्वकप क्रिकेटमा नेपालको प्रदर्शनलाई लिएर विद्यार्थीहरुले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)संग अनुसन्धान गर्न माग गर्दै प्रशिक्षकहरुको पुत्ला जलाएका हुन् ।

February 11, 2016

ह्यान्डबलमा नेपालको विजयी सुरुआत

सिलोङ, माघ २८ १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले बिहीबार विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरे । पुरुषमा नेपालले अफ्गानिस्तानलाई २९–२६ ले पराजित ग¥यो । महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलंकालाई ३६–२४ ले निराश पा¥यो । जितमा रन्जना राई र उमा […]

basketball

February 11, 2016

इनोभेटिभ बास्केटबल आजबाट

काठमाडौँ | पाचौ इनोभेटिभ अन्तरस्कुल बास्केटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुदै छ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन ६ गतेसम्म चल्ने बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरि २० टोलीको सहभागिता रहेको इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जानकारी दिए । सियिनर ब्वाइजमा १२ र गल्र्स ८ टिमले […]

February 11, 2016

नेपाल समूह उपविजेता

गुहावटी, माघ २८ भारतमा जारी १२औं दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलतर्फ नेपाल समुह उपबिजेता बनेको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको हो । सीमित बनेको हो । जगजित श्रेष्ठको कर्नर बलमा अनन्त तामाङले दोस्रो मिनेटमै गोल गरेको थियो । तर, नेपालले त्यो अग्रता […]

February 11, 2016

नामिवियासँग नेपाल पराजित

काठमाडौं, माघ २८ बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप अन्र्तगत प्लेअफको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल नामिवियासँग पराजित भएको छ । बिहिबार भएको खेलमा नेपाल नामिवियासँग १५ रनको झिनो पराजित भएको हो । हारसँगै नेपालको अब विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि सकिएको छ । नामिवियाले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ४५ ओभरको […]

Success

Thank you for your time.