default_image

ताजा समाचारहरु

March 5, 2016

सागकी स्वर्णधारी निमासहित पदक विजेता मगर खेलाडी सम्मानित

काठमाडौं, फागुन २२ १२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्तीमगरसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने मगर खेलाडीहरु शनिबार सम्मानित भएको छ । मगर समाज सेवा समितिले शनिबार ललितपुरको टिकाथलीमा एक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने मगर खेलाडीलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा १२औं दक्षिण एसियाली खेलकुद(साग)की स्वर्णधारी निमासहित आठौं सागमा स्वर्ण पदक […]

March 5, 2016

पुलिसलाई रुस्लान कपको उपाधि

काठमाडौं, फागुन २२ नेपाल पुलिस क्लबले ‘प्रथम रुस्लान कप–२०७२’को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पुलिसले अर्काे विभागीय त्रिभुवन आर्मीलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । आर्मीले दिएको १३१ रनको मध्यम लक्ष्य पुलिसले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा ग¥यो । पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान सिद्धान्त लोहनीले अविजित ४७ […]

March 5, 2016

धनगढी क्रिकेट लिगमा चौराहाको विजयी सुरुआत

धनगढी, फागुन २२ सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल) सिजन–३ मा टिम चौराहाले विजयी सुरुआत गरेको छ । युवा लेग स्पिनर अमन पन्थीको उत्कृष्ट प्रदर्शनको मद्दतमा चौराहाले आफ्नो पहिलो खेलमा हसनपुर माथि ७ विकेटको जित हात पारेको हो । शनिबार भएको पहिलो खेलमा हसनपुरले दिएको टस जितेर पहिले ब्याटिङ गरेको हसनपुरले दिइएको ७२ रनको लक्ष्य […]

March 5, 2016

४ स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । […]

March 4, 2016

दीपक च्याम्पियन

काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने । उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग […]

March 4, 2016

सगरमाथा सिमेन्ट डिसिएल–३ को सबै तयारी पुरा

धनगढी, फागुन २१ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शनिवार (फागुन २२) गते देखि चैत १३ गतेसम्म धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल)–३ को तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा डिसिएका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । […]

March 4, 2016

आर्मी र पुलिसबीच उपाधि भिडन्त

काठमाडौं, फागुन २१ । दुई विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘प्रथम रुस्लान कप २०७२’को उपाधिको लागि भिड्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा दुवै टिमले सेमिफाइनलमा आ–आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मीले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ८ विककेटले […]

March 3, 2016

नेपालको फिफा वरियतामा थप सुधार

फिफा वरियतामा ३ स्थान उक्लदै १८५औ स्थानमा पुगेको छ । साफ राष्ट्रियमा नेपाल पाकिस्तान, श्री लंका र भुटान भन्दा माथी छ भने, भने माल्दिव्स , भारत र अफ्घानिस्तन भन्दा तल छ । एसिया को शीर्ष स्थानमा ईरान छ भने बिश्व मा पहिलो स्थानमा भने बेल्जियम छ  ।

Dil Bahadur

February 29, 2016

को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिलबाहादुर ?

inepalonline.com बाट  यज्ञराज जोशी कक्षा ७ मा अध्ययन गर्दा गर्दै डडेल्धुरा आलितालका दिलबहादुर बोहरा घरको आर्थिक स्थिती कमजोर भएकाले केही जागिरको खोजीमा भारतको पञ्जाव गए । पञ्जावमा पुगि काम गर्र्न सुूरु गरे निकै मेहनती र लगनशिल भएकाले उनका मालिकले उनीलाई कामसँगै पढाई अगाढी बढाउँन सुझाव दिए र आवश्यक सहयोग पनि गरे । काम र पढाईसँगसँगै […]

Dil Bahadur

February 29, 2016

दिलबहादुरलाई आइपीएल खेल्ने मौका

डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउन सक्ने भएका छन् भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ। छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ। को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिल बाहादुर ? दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया […]

Success

Thank you for your time.