default_image

ताजा समाचारहरु

December 17, 2016

सातौं राष्ट्रियको महिला फुटबलमा एपिएफको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनु ६ दिनअघि नै यस अन्तर्गतको महिला फुटबल भने सुरु भएको छ । पुस ११ गते देखि भारतको सिलगुढीमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता रहने भएकोले सातौंको महिला फुटबल अगाडिबाटै सुरु गरिएको हो । सुनसरीको दुहबी रंगशालामा भएको उद्घाटन खेलमा शनिबार एपिएफ क्लबले विजयी भएको […]

December 17, 2016

नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज: पाँच मध्ये चार उपाधि भारतको पोल्टामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को पाँच मध्ये उमन्स सिंगल्समा बाहेक सबैमा भारत विजयी भएको छ । मेन्स सिंगल्समा भारतीय अभिषेक येलेगार र उमन्स सिंगल्समा भियतनामकी थोए लिन एनगुएनले पहिलो स्थान प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार भएको फाइनलमा अभिषेकले आफ्नै देशका सिद्धार्थ ठाकुरलाई […]

December 17, 2016

चेल्सीलाई ९ अंकको आग्रता

लण्डन (एजेन्सी)- ईंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले सत्रौ स्थानमा रहेको क्रीस्टल प्यालेसलाई१-०ले पराजित गरेको छ । यस जित पश्चात चेल्सी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा ९ अंकले अगाडी भएको छ, यधपी चेल्सीले समान ३४ अंक भएका लिभरपुल र आर्सनलभन्दा एक खेल बढी खेलेको छ । लगतार ११ जित हसिल गर्ने क्रममा चेल्सीले पोहोर […]

December 17, 2016

मैत्रीपूर्ण भबिलमा एपिएफले न्यू डाइमन्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ । नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित […]

Nepal Women Team Football

December 17, 2016

फुटबलको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]

Football

December 17, 2016

फाल्गुनन्द गोल्डकपको तयारी अन्तीम चरणमा

दिपक बोहोरा ,पाँचथर – समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हँुदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आँठै संस्करणको तयारी अन्तीम चरणमा पुगेको आयोजक फिदिम स्पोटिङ क्लबको उपाध्यक्ष दिपेन्द्र थापा मगरले बताउनु भयो । यहि २०७३ पौष १५ गते बाट हुने प्रतियोगितामा बासको अस्थाइ प्याराफिट निर्माणको कार्य […]

dipendra aire

December 17, 2016

युवा एसिया कपको दुई खेलसम्म ब्याटिङमा दीपेन्द्र शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]

Nepal Women Team Football

December 17, 2016

नेपाल बिरुद्ध मलेशिया – खेलको जानकारी

काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]

December 16, 2016

नेपाल यू १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]

badminton

December 16, 2016

योनेक्स सनराइज ब्याडमिन्टनमा भारतीय खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ । […]

Success

Thank you for your time.