default_image

ताजा समाचारहरु

March 18, 2016

टेनिस टोली बैंककतर्फ

काठमाडौं, चैत ५ एटीएफ÷आईटीएफ सोह्र वर्षमुनिको टेनिस क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च १९ देखि अप्रिल १ तारिखसम्म हुने क्याम्पमा समान १–१ पुरुष÷महिला खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा प्रणव खनाल र महिलामा अभिलाषा विष्ट छन् । खेलाडीले बैंककमै चैत १३ र १४ […]

March 18, 2016

अत्तरिया दोस्रो स्थानमा

धनगढी, चैत ५ सिवाइसी अत्तरिया सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग तीनमा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा सन्तोषी टोल माथि ८ विकेटको फराकिलो जित निकाल्दै अत्तरिया दोस्रो स्थानमा उक्लिएको हो । अत्तरियाको सात अंक छ । शीर्ष स्थानको क्याम्पस रोडको ८ अंक छ । बर्षाले खेल […]

March 17, 2016

सागमा पदक जित्ने बक्सर सम्मानित

काठमाडौं, चैत ४ भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई बिहीबार सम्मान गरिएको छ । नेपाल बक्सिङ संघले उनीहरुलाई नगदसहित एक कार्यक्रमबीच सम्मान ग¥यो । साथै सहभागी अन्य खेलाडी र टिम व्यवस्थापक पनि सोही अवसरमा सम्मानित भए । नेपालले बक्सिङमा एक पुरुष र दुई महिला गरी […]

March 17, 2016

सशस्त्रले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने

काठमाडौं, चैत ४ सशस्त्र प्रहरीको एपिएफले चैत्र तेस्रो साताबाट विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा बिहिबार पत्रकार सम्मेलन गर्दै बलका खेलकुद विभाग प्रमुख अतिरिक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठले भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे हुने जानकारी दिए । सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला […]

March 17, 2016

नेपाली टोलीको प्रशिक्षण तीव्र [भिडियो]

मलेसिया अन्डर-२२ विरुद्ध मार्च २७ गते खेलिने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ| नवनियुक्त जापानी प्रशिक्षक ग्योतोकु कोजिले प्रारम्भिक छनोटमा ४४ खेलाडी बोलाएकोमा अहिले ३६ खेलाडी प्रशिक्षणरत छन् |यो हप्ता भित्रै अन्तिम २३को घोषणा गर्ने लक्ष्य एन्फाले लिएको बुझिएको छ | १२औं सागमा स्वर्ण विजेता टोलीको प्रमुख प्रशिक्षक रहेका राजु काजी शाक्य […]

March 17, 2016

सुपर ओभरमा हसनपुरको जित

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्र्तगत विहीबार भएको सनसनीपुर्ण दास्रो खेलमा सुपर ओभरमा जित निकाल्दै हसनपुर रोयल्र्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको हसनपुरले २० ओभरमा ७ विकेट गुमाउादै १ सय ४५ रन बनायो । उसका लागि बिनोद लामाले ३८ बलमा ४६ रनको ईनिंग खेले । विनोदले […]

March 17, 2016

बर्नहाट कप अन्तर कलेज टेबल टेनिस शुक्रबारदेखि

काठमाडौं, चैत ४ बर्नहार्ट कलेजको आयोजनामा शुक्रबारदेखि चौथो बर्नहाट कप अन्तर कलेज टबेल टेनिस प्रतियोगिता हुने भएको छ । बिहीबार बाफलस्थित बर्नहाटमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सहायक प्रमुख शहदेव शिग्देलले जानकारी दिए । लैनचौरस्थित राष्ट्रिय टेलबटेनिस प्रशिक्षण हलमा संचालन हुने प्रतियोगितामा पुरुष सिगंल्स, पुरुष डबल, महिला सिगंल र टिम इभेन्टतर्फ खेल हुनेछन् । प्रतियोगितामा कुल […]

March 17, 2016

तेस्रो राष्ट्रिय खुल्ला रेन्वोकाई कराँते शुक्रबारबाट

काठमाडौं, चैत ४ तेस्रो राष्ट्रिय खुल्ला रेन्वोकाई कराँते च्याम्पियनसिप शुक्रबारबार जोरपाटी नारायणटारस्थित हिम्स स्कुलमा सुरु हुदैछ । आयोजकले एक कार्यक्रम गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालभरका सात प्रदेशबाट सात टिम र कराँतेसँग सम्वन्धित विभिन्न क्षेत्रबाट गरी १७ टिमको सहभागिता रहने आयोजकले जानकारी गराए । पुरुषतर्फ २० देखि ८० भन्दा माथिको तौल […]

March 16, 2016

कीर्तिपुरमै प्रतियोगिता गराउने बारे आइसीसीको दुई शर्त

काठमाडौं, चैत ३ अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल र नामिवियाबीचको खेल कीर्तिपुरमै खेलाउनका लागि दुई शर्त राखेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत तेस्रो चरणको खेल यही वैशाख ४ र ६ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाउने तय गरेको थियो । तर, नेपाल क्रिकेट संघ(क्यान)मा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको नोयडामा सर्न सक्ने संकेत […]

March 16, 2016

मलेसिया विरुद्ध खेल्ने राष्ट्रिय टोली संकटमा

मलेसियाको अन्डर २२ टोलीसंग मैत्रीपूर्ण खेल खेल्न प्रशिक्षणरत नेपाली फुटबल राष्ट्रिय टोलीमा चोटको संकट परेको छ | ४४ जना खेलाडी बोलाइएकोमा पाँच खेलाडी विदेशमा छन् भने तिन खेलाडी चोटका कारण खेलमा सहभागी नहुने पक्का भएको छ | नवयुग श्रेष्ठ भने केहि दिन पछि प्रशिक्षण सुरु गर्ने छन् | विदेश जाने खेलाडीमा अन्जन बिष्ट, अनन्त तामाङ्ग, […]

Success

Thank you for your time.