default_image

ताजा समाचारहरु

December 26, 2016

सुदूरपश्चिमका पदक विजेतालाई राखेप सदस्य कुँवरले पुरस्कृत गर्ने

     विराटनगर (हाम्रो खेलकुद)–      पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक दिलाउने खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा सुदूरपश्चिमाञ्चलका खेलाडीले स्वर्ण पदक जिते १० हजार, रजत पदक जित्नेलाई ५ हजार र कांस्य पदक जित्नेलाई ३ हजार पुरस्कार रुपैयाँ दिने बताएका छन् । […]

December 26, 2016

सेन्ट जेभियर्स जावलाखेललाई फादर स्टार स्मृति छात्रा फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल, जावलाखेलले फादर एलेन स्टार स्मृति छात्रा आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा सेन्ट जेभियर्सले गोदावरीको क्रेसेन्ट एकेडेमी इङलिस स्कुललाई १–० ले हराएको थियो । जेभियर्सका लागि दिलाशा पराजुलीले गोल गरेकी थिइन् । फादर एलेन स्टारको स्मृतिमा सेन्ट जेभियर्स गोदावरीले सन् २०११ देखि प्राथमिक तहका छात्राका […]

December 26, 2016

आइटिएफ तेक्वान्दोमा सेनाले जित्यो १४ स्वर्ण

झापा (हाम्रो खेलकुद) – नेपाली सेनाले सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दोमा पनि १४ स्वर्ण पदकसहित वर्चस्व जमाएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार सेनालले ६ वटा स्वर्ण पदक थपेको छ । आयोजक पूर्वाञ्चलले ३ र एपिएफले २ स्वर्ण पदक जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले समान १ स्वर्ण पदक जिते । दमकस्थित रेडक्रम भवनमा […]

December 26, 2016

आयोजक टिआइएका दुवै टोली क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठूङरम इन्टनरनेसनल एकेडेमी (टिआइए) को गल्र्स र ब्वाइज दुवै टोली १२ औं टिआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा सोमबार लोयल्टीसँग १८–१७ ले हार्नाका वावजुद टिआइए गल्र्सको अन्तिम आठमा प्रवेश गरेको हो । लोयल्टीका लागि विन्दु लिम्बुले ६ स्कोर गरिन् । व्वाइजतर्फ भने भने टिआइएले समूह […]

December 26, 2016

महिला साफ च्याम्पिनयसिप फुटबलमा नेपाल र भुटानको खेल [फोटो फिचर]

सिलिगुढी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भुटानलाई ८–० ले हराउँदै नेपालले दमदार सुरुआत गरेको छ । साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकबाट प्रेरित नेपालका लागि शर्मिला थापा र कृष्णा खत्रीले समान १ गोल गरे । नेपाल हावी भएको खेलका केही तस्बिरहरु । तस्बिर सौजन्य – रमेश समदर्शी, नेपाल खेलकुद पत्रकार मञ्च, झापा समन्वय शाखा    

December 26, 2016

नेपाल सेन्ट्रल जोन च्याम्पिनसिपमा किर्गिस्तानसँग पराजित, अब कांस्य पदकका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ । सोमबार किर्गिस्तानसँग ३–१ ले पराजित भएपछि अब नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । गत बर्ष पहिलो सहभागितामा पनि नेपालले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तर, टोली पदक विहिन भएर फेर्केको थियो । सोमबार […]

sabitra

December 26, 2016

साफ च्याम्पियनसिपमा नेपालको दमदार सुरुआत, भुटानविरुद्ध साबित्राको दोहोरो ह्याट्रिक

दिपेश तिमल्सिना सिलिगुढी (भारत)– नेपालले अघिल्ला संस्करणमा जस्तै चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा पनि दमदार सुरुआत गरेको छ । कञ्चनजंगा रंगशालामा सोमबार भएको खेलमा साबित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै नेपालले भुटानलाई ८–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । भुटानविरुद्ध नेपालले अहिले सम्मका सबै सात अन्तर्राष्ट्रिय खेल जितेको छ । साफ च्याम्पियनसिपमा हरेक पटक […]

December 26, 2016

राष्ट्रिय खेलकुदको स्वर्णमा ह्याट्रिक गर्ने मुकुन्द्र दोस्रो खेलाडी

दिपेन्द्र पोखरेल विराटनगर – एपिएफका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष कराते ६७ केजी तौलमा उनले सोमबार स्वर्ण पदक जितेका हुन् । यसअघि पर्शुराम बास्तोलाले पनि लगातार तीन राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका थिए । मुकुन्द्रले २०६५ मा काठमाडौंमा […]

binod

December 26, 2016

बिनोदको बिष्फोटक ब्याटिङमा आर्मी विजयी , २३ बलमा ६७ रन

दिपेन्द्र पोखरेल बिराटनगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेट खेलमा त्रिभुवन आर्मिले मध्यपस्चिमाञ्चललाई ३० रनले हराएको छ । मोरङको बैझनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ बनाएको थियो । आर्मिकलागी बिनोद भण्डारिले बिष्फोटक ब्याटिङ गर्दै २३ बलमा ६७ रन जोडेका थिए । […]

nepal

December 26, 2016

नेपाल बिरुद्ध भुटान – प्रत्यक्ष अपडेट

दिपेश तिमलसिना सिलिगुडी – (हाम्रो खेलकुद) – चौथो महिला फुटबल साफ च्याम्पियन्शिपमा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै छ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नु हुनेछ । कृपया अपडेट पाउन पेज रिफ्रेस गर्नुहोला । अपडेट  नेपाल ८ -० भुटान खेल सकिएको छ । नेपालले पहिलो खेलमा दमदार सुरुवात गर्दै भुटान बिरुद्ध ८-० को जित हासिल गरेको […]

Success

Thank you for your time.